आन्दोलनमा धरान किन मौन ? २७ दिन देखी आन्दोलन जारी

  • असार २८, २०७८
  • दिनेश गजमेर
alt

धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो ।

स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ ।

धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै गएको बेथिति नियन्त्रणमा धरानको चासो कम हुन थालेपछि अहिले प्रतिष्ठान धरायसी बन्दै गएको हो । प्रतिष्ठानप्रतिको जिम्मेवारी निर्वाह गर्न धराने जनताले अपनत्व महसुस नगर्दा अहिलेको बेथिति बढ्दै गएको अग्रज पत्रकार हर्ष सुब्बाको भनाई छ ।
मृत शहर बन्दै गएको अवस्थामा प्रतिष्ठान ल्याउन धराने जनताको आन्दोलन सफल भयो तर त्यसलाई अपनत्व महसुस गर्न नसक्दा समस्या बन्दै गएको उनी बताउँछन् ।

उनले भने, ‘सरकार फेरिदै पिच्छे पदाधिकारी आउने परिपार्टी शुरु भएपछि पदाधिकारीहरु सरकारप्रति उत्तरदायी बने, धरान जनता प्रति उत्तरदायी भएनन्, जसले गर्दा अवस्था गिर्दै गयो ।’

प्रतिष्ठान सुधारकालागि विभिन्न समयमा धराने जनताले आन्दोलन नगरेका भने होइन् । पटक पटक प्रतिष्ठानको सुधारका लागि आन्दोलन सहित छलफल समेत गरेका थिए । छानविन समिति बनेर प्रतिवेदनहरु समेत सार्वजनिक भएका छन् । तर ती छलफल, आन्दोलनले कुनै प्रभावकारिता देखाउन सकेन ।

राजनीतिक स्वार्थमै चलखेल गर्नेहरु नागरिक समाजको आन्दोलनमा सरीक हुँदा प्रभावकारी नदेखिएको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘यहाँका नागरिक समाज भने पनि कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राख्नेहरु भए, पार्टीको लाइन अनुसार चल्ने हो, अगुवाहरु पनि कुनै कुनै पार्टीसँग आवद्ध छन् । दलका नेताहरु पनि पदाधिकारीहरुसँग नजिक हुन खोज्ने, आफ्नो स्वार्थकालागि काम गर्नेहरु छन् , त्यसैले कसरी उनीहरु प्रभावकारी आन्दोलनमा लाग्छन् त ?’ गैह्र राजनितिक रुपमा आन्दोलनलाइृ उठाउनुपर्ने उनको भनाई छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धीकरणका लागि विगत २७ दिनदेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् । भ्रष्टाचार र अनियमिततामा मुछिएका पदाधिकारीहरुको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा वार्ता समिति गठनको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको आन्दोलन अहिले देशव्यापी बनेको छ ।

राजधानीमा नागरिक समूह बनाएर आन्दोलन अघि बढिरहँदा धरानमा भने निश्क्रिय छ । प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा नागरिक दबाब सञ्जाल गठन गरिएको छ । सञ्जालले पदाधिकारीहरुसँग छलफल वार्ता गरेको छ तर सडकमा भने आउन सकेको छैन् । प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई सहयोग पुग्ने गरी धराने जनताको आन्दोलन नभएको आन्दोलनरत चिकित्सकहरुको भनाई छ । धराने जनताले निर्णायक आन्दोलनमा उत्रनुपर्ने उनीहरु बताउँछन् ।

यता नागरिक दबाब सञ्जालका संयोजक प्रा.डा. शर्मा पनि प्रतिष्ठानका आन्दोलनरत पक्षले अपेक्षा गरे अनुसारको आन्दोलन धरानमा हुन नसकेको उनी स्वीकार्छन् । उनी भन्छन्, ‘चिकित्सकहरुको भनाई जायज हो, धरानहरुले गडाङ्गुडुङ गरेका छैनन्, त्यसैले उहाँहरुलाई त्यस्तो लागेको हो ।’ तर धराने जनताको लडाई जारी नै रहेको उनको भनाई छ ।

प्रतिष्ठानमा आन्दोलन गरिरहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको संयुक्त संघर्ष समितिले पदाधिकारीहरुको राजीनामा बटमलाइन बनाएका छन् । तर नागरिक दबाब सञ्जालको बटमलाइन उच्चस्तरीय छानविन समिति रहेको छ । राजीनामा समाधान नभएको प्रा.डा. शर्मा बताउँछन् । उनी भन्छन्, राजीनामा समाधान होइन्, असार पन्ध्रपछि सबैको राजीनामा बटमलाइन बनाए, हामीले चाहिँ समाधानको लागि दोषिलाई कारवाही गर्नुपर्छ, दोषि को को हो, छानबिन गरिपाउँ र कारवाही गरौं भन्ने चै नागरिकहरुको आवाज हो ।’

आन्दोलनकारीसँग एकाकार भएर काम गरिरहेको भए पनि नागरिक सञ्जालले दोषीमाथि कारवाहीको माग भएकाले सोही अनुसार काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीकोमा डेलिगेसन जाने तयारी भइरहेको उनको भनाई छ । संघर्ष समितिले शुरु गरेको शुद्धीकरण अभियानमा नागरिक दबाब सञ्जाल एक रहेको उनी बताउँछन् । उनले भने, चिकित्सकहरुले शुद्धिकरण अभियान राजीनामाबाट थाल्ने भन्नुहुन्छ, नागरिक सञ्जालले छानबिनबाट थालौं भनेको हो, त्यत्तिको कुरा ।’

 

२७ दिन देखी आन्दोलन जारी

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरण अभियान अन्तर्गत जारी आन्दोलन २७ दिन सम्म पनि जारी नै रहेको छ ।
प्रतिष्ठान सुधारका माग राखेर आन्दोलन गरिरहँदा पनि सरकार भने अझै मौन छ । प्रतिष्ठान सुधार गर्न सरकार आफैं अग्रसर हुनुपर्नेमा सरकारको यो मौनताले अनियमिततामा सरकारकै हात रहेको आशंका गर्न थालिएको छ ।

देशव्यापी बन्दै गएको वीपी प्रतिष्ठानको सुधार आन्दोलनमा चिकित्सासँग सम्बन्धीत संघ–संस्था सहित विभिन्न जिल्लाहरुमा नागरिक समाज, राजनीतिक दलहरुले पनि ऐक्बद्धता जनाउँदै आन्दोलनमा सरिक हुँदै गएका छन् । धरानका राजनीतिक दलहरु र धरान नागरिक दबाब सञ्जालले पनि आइतबारको विरोधसभा तथा ¥यालीमा सहभागिता जनाएका छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले आयोजना गरेको वृहत प्रर्दशनमा धरानका राजनीतिक दलहरु र दबाब सञ्जालपनि सहभागी भएका हुन् । उपकुलपति कार्यालयबाट शुरु भएको ¥याली बुद्धचौक हुँदै जिओपिडी अघि निर्माण भएको वीपी कोइरालाको शालिकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माले आन्दोलनको स्वामित्व धरानबासीले लिइसकेको बताए । उनले वीपी सुद्धीकरणको अभियानलाई देशव्यापीरुपमा दबाब सिर्जना गर्न धरानेहरुले पनि गम्भीर कदम चाल्न बाध्य भइरहेको बताए ।

सुद्धीकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन भएको हो ।

प्रर्दशनमा नागरिक दबाब सञ्जाल, ९ दलीय संयन्त्र र वीपी प्रतिष्ठानको संयुक्त संघर्ष समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । सहभागीहरुले भानुचोकमा उभिएर पक्राउ परेका नागरिक अगुवाहरुको रिहाईको माग गरेका थिए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved