इटहरी/ लामो समय देखिको नेतृत्व बिवाद सतहमा पुग्दा पनि कुनै सहमति हुन नसकेपछि अन्ततः होटल व्यवसाय संघ इटहरी दुइ टुक्रामा बिभाजन भएको छ ।
यस अघि इटहरीका युवा व्यवसायी जिवन पराजुलीले नेतृत्व गर्दै आएका होटल व्यवसायी संघ अहिले टुक्रिएर अर्काे समिति गठन भएको हो । पराजुलीको कार्यकाल तिन महिना अघि नै सकिए पनि नेतृत्व बिवाद टुंगो लगाउन नसक्दा रूस्ट बनेका अर्का पक्षले होटल तथा लज व्यवसायी समिती इटहरी गठन गरेका छन । युवा व्यवसायी उमेश नाथ दाहालको अध्यक्षतामा होटल तथा लज व्यवसायी समिती इटहरी गठन भएको हो । दाहालको नेतृत्वमा रहेको समितिमा १६ सदस्य रहेका छन ।
यसरी गठन भएको समिति अन्तरगत वरिष्ठ उपाध्यक्षमा राम कार्की, प्रथम उपाध्यक्षमा कैलाश बिष्ट, द्वितिय उपाध्यक्षमा प्रितिमाया सुनवार, महासचिव दिपक पोख्रेल, कोषाध्यक्ष राजन बस्नेत, सह कोषाध्यक्ष रूपेस दाहाल, सचिव बिनोद कार्की रहेका छन ।
त्यसैगरी गठित होटल तथा लज व्यवसाय समितीको सदस्यहरूमा दुर्गा थापा, केशव गिरी, धनमाया श्रेष्ठ, किशोर ढकाल, छत्र तिम्सिना, मोहन श्रेष्ठ, पुर्ण लिम्बु र भेषराज बराल छन ।
होटल तथा लज व्यवसाय समितीको २५ औ वार्षिक साधरणसभा एवम नवौ अधिवेसन समारोह बिच इटहरीमा नयाँ समितिको घोषणा भएको हो । समिती घोषणा भइरहँदा कार्यक्रमका प्रमुख अतिथि एक नं प्रदेश सांसद लिलम बस्नेतले कोरोना संक्रमणको कारण थला परेको होटल व्यवसायहरूको पक्षमा उभिएर समितिले काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रमको बन्दसत्रको सभापति बनेका होटल तथा लज व्यवसाय समिती इटहरीका अध्यक्ष देवि गौतमले बिगत लामो समय देखि कागजमा सिमित बनेको संस्था अब सक्रिय भएको र यसको जग बलियो बनाउन सबै लागि पर्नुपर्ने बताएका थिए । कार्यक्रममा नव गठित समितिका सदस्यहरूलाइ अतिथिहरूले कार्यकाल सफलताको सुभकामना दिएका थिए ।
कसरी जन्मीयो होटल तथा लज ब्यवसाय समिति ?
२०५२ सालमै दर्ता भइसकेको होटल तथा लज व्यवसायी समिति त्यो बेला निस्क्रिय थियो । त्यो बेला देखि नै रविन गौतमले नेतृत्व गर्दै आएको समिती गत २०६५ सालमा होटल व्यवसाय संघमा मर्ज हुन पुगेको थियो ।
इटहरीका बुद्धिजिवि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा युवा व्यवसायी अनुरोध थापाको नेतृत्वमा होटल व्यवसायी संघ इटहरी गठन गरियो । मर्ज हुनु अघी संघलाइ मणिन्द्र कटुवाल र समितिलाइ रविन गौतमले नेतृत्व गर्दै आएका थिए ।
रबिन गौतम र मणिन्द्र कटुवालको सामुहिक हस्ताक्षर सहित इटहरीमा होटल व्यवसायी संघ स्थापना भएको थियो । अनुरोध थापा हुदै बिशिष्ट ब्यक्तिहरूले नेतृत्व गर्दै अघि बढेको होटल व्यवसायी संघ जिवन पराजुलीको पालामा आएर पुनः दुइ भागमा बिभाजन हुन पुगेको छ ।
पराजुलीको कार्यकाल सकिएर नेतृत्व हस्तान्तरण गर्ने बेला उनी आफै योग्य रहेको दावि गरेपछि बिवाद चुलिएको थियो । संघको नेतृत्वमा उमेशनाथ दाहालले दाबि गरिरहँदा अधिकांशले पराजुलि नै ठिक भनेपछि बढेको बिवादले अन्ततः बिभाजन सम्म पुग्यो र बिहीबार सम्म आइपुग्दा इटहरीमा होटल तथा लज व्यवसाय समिति नै गठन हुन पुग्यो ।
साथीहरूले धोका दिए : अध्यक्ष पराजुली
कोरोना संक्रमणको कारण अस्त ब्यस्त बनेको होटल व्यवसायीहरूको दुखमा मलम लगाउनुको सट्टा इटहरीमा अर्काे समिति गठन गरेर व्यवसायीहरू बिच नै मनमुटाव ल्याउन नहुने होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको भनाइ छ । त्यो बेला होटल तथा लज व्यवसाय समिति खारेज भइसकेको भनेर केहि साथिहरूले बताएपनि अहिले धोका दिएको उनको तर्क छ । ब्यवसायीहरूको हकहित भन्दा पनि पार्टीगत गुटबन्दीका कारण संस्थालाइ धरासयी बनाउने काम भएको र यसमा केही साथीहरूले धोका दिएको अध्यक्ष पराजुलीको भनाइ छ ।
त्यस्तै नयाँ गठन भएको समितिका अध्यक्ष उमेशनाथ दहालले नेतृत्वबाट पछि नहट्ने र गर्छु भन्नेलाइ अवसर नदिए पछि अर्काे समिति गठन गर्नुको बिकल्प नरहेको बताउँछन् ।
मारमा होटल व्यवसायी
होटल ब्यवसायी संघ फुटेर दुइ भागमा बिभाजन भएपनि आवद्ध व्यवसायीको समस्या झन बढेको पाइएको छ । कोरोना संक्रमणको कारण लकडाउन हुदाँ धरासयी बनेको होटल व्यवसायहरू निषेधाज्ञा खुकुलो हुदै जाँदा पनि सञ्चालनमा आउन सकेका छैनन् । यो बेला व्यवसायीक संघहरू एक ढिक्का हुनुपर्नेमा झन टुक्रिएर बिभाजन भएपछि ब्यवसाय ब्यवसाय बिच नै मनमुटाव हुने संकेत देखिएको छ । अब कुन ब्यवसायी कस्को पक्षमा उभिने भन्ने बिवाद उत्पन्न हुने देखिएको छ । पार्टीगत गुटबन्दी अनुसार इटहरीको होटल व्यवसायीहरू दुइ भागमा बिभाजन हुने संकेत देखिएको छ ।