‘निष्पक्ष अपराध अनुसन्धानमा प्रतिबद्ध’

  • असार २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने नवनियुक्त प्रदेश १ का प्रहरी प्रमुख अरुण कुमार विसीले प्रतिबद्धता जनाएका छन् ।

गत असार ७ गते मन्त्रीपरिषदको निर्णयबाट सरुवा भइ आएका १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख बिसीले सोमबार पत्रकारहरु सँगको भेटमा आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरी आर्थिक पारदर्शिता र कार्यप्रतिको जवाफदेहितामा विशेष जोड दिइने बताए ।

शुन्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउँदै प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था गर्नेमा विशेष जोड दिए ।

त्यसै गरि सोमबारनै जिल्लाका प्रहरी प्रमुखहरुलाई सँग भर्चुअल बैठकमा प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताउँदै बिसीले प्रमाणमुखी अपराध अनुसन्धानलाई जोड दिई फरार अपराधीहरूको खोजतलास र पक्राउ गर्न निर्देशन दिए । उनले थाति रहेका पुराना अपराधका मुद्दाहरूलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा विशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिएका छन् ।

डिआइजी बिसीले जारी गरिएको प्रहरी कर्मचारीहरूको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरशः पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराब आचरण प्रस्तुत गर्नेलाई तत्काल कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

कुनै पनि नागरिकलाई बिना झन्झट प्रहरी सेवा प्राप्त गर्ने वातावरण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरूले नागरिकहरू सँग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धित कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, बर्षातको समय भएकोले बाढी, पहिरो डुबान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरू सहित तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् ।

प्राकृतिक स्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ विशेष चनाखो हुन तथा कोभिड १९ को रोकथाम तथा नियन्त्रण तर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिएका छन् ।

तस्करीको प्रयास असफल ...

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभ ...

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved