हर्टिकल्चर नयाँ सेमेस्टरको लागि विद्यार्थी शुन्य

  • असार ७, २०७८
  • भगीरथ भण्डारी
alt

इलाम/ महेन्द्र रत्न बहुमुखी क्याम्पसले २०७१ सालदेखि बिएसी इन हर्टिकल्चरको पठनपाठन शुरु भएको हो । तर, आठ वर्ष पार नपाउँदै सो विषय अध्ययनको नयाँ विद्यार्थीको भर्ना शुन्य भएको छ ।

चार वर्षमा कोर्ष पुरा हुने हर्टिकल्चर विषयमा विद्यार्थीको भर्ना शुन्य भएपछि क्याम्पसको कार्यक्रम प्रभावित हुने भएको छ । क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैठौ, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ । नयाँ विद्यार्थी भर्ना नभए तीन वर्षमा क्याम्पसमा एग्रिकल्चर पढ्ने विद्यार्थी हुने छैनन् ।

क्याम्पसमा हर्टिकल्चर अध्ययनको लागि पश्चिमि जिल्लाका विद्यार्थी समेत इलाम आउने गरेका थिए । तर पछिल्लो समय यस विषय अध्यनको लागि विद्यार्थीको आकर्षण कम हुँदै गएको छ । अघिल्लो शैक्षिक शत्रमा नौ जना विद्यार्थी भर्ना भएका थिए । ती मध्ये आठ जना मात्रै अध्ययनरत छन् । कृषि विषयको अध्ययन गराउने क्याम्पसको संख्या बढ्दै गएकाले इलाममा विद्यार्थीको चाप घटेको क्याम्पसका उप प्राद्यापक योगेन्द्रमान श्रेष्ठ बताउँछन् ।

‘पहिले एग्रिकल्चर पढाइ हुने ठाउँ थोरै थियो, पश्चिमि जिल्लाहरुमा झन कम थियो त्यसैले विद्यार्थी यहाँ आउथे’,उप प्राद्यापक श्रेष्ठले भने,‘अहिले एग्रिकल्चर पढाई हुने क्याम्पसको संख्या बढेको छ, त्यसैले यहाँ घटेको हुन सक्छ ।’ लोक सेवा योग्यताक्रमको सूचिमा हर्टिकल्चर विषय समावेश नभएकाले विद्यार्थीको रुची घटेको उनको भनाई छ ।

क्याम्पस प्रमुख डा. दिननाथ फुयाले भने विद्यार्थीको समस्या सम्बोधनको लागि क्याम्पसबाट पटक पटक पहल भइरहेको बताउँछन् । हर्टिकल्चर परेको विद्यार्थीलाई पाँचवटा समुहमा प्रतिष्पर्धा गराउन पाउने गरी पहल भएको उनले बताए ।

‘हर्टिकल्चर सहित, माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बालि विज्ञानमा प्रतिष्पर्धा गर्न पाउने गरी अनुसूचि परिवर्तनको लागि क्याम्पसले पहल गरिरहेको छ’, क्याम्पस प्रमुख फुयालले थपे,‘त्रिभुवन विश्वविद्यालयकै तर्फबाट समेत मन्त्रालयमा पहल भइरहेको बुझेको छु ।’

तर, विद्यार्थी भर्ना भने अरु विविध कारणले घटेको प्रमुख फुयालको दावी छ । ‘कुनै बेला भर्नाको लागि प्रतिष्पर्धा हुन्थ्यो, अहिले परिस्थितिजन्य कारणले कम भएको हुन सक्छ’, फुलालले भने,‘क्याम्पसको संख्या पनि बढेको छ, लकडाउन लगायतका कारणले पनि विद्यार्थीको चाप कम भएको हुनसक्छ ।’

क्याम्पसका पुर्व प्रमुख तथा सेवा निबृत सह प्राद्यापक जस बहादुर लुङ्गेलीले जुन सोचले नयाँ कार्यक्रम शुरु भएको थियो त्यसलाई निरन्तरता दिन नसकेपछि समस्या शुरु भएको बताउँछन् ।

‘कार्यक्रमलाई प्रभावकारी बनाउन स्वाएत्त क्याम्पसको रुपमा जे जे काम हुनु पथ्र्यो त्यो भएन, आंङ्गिक क्याम्पसकै रुपमा निरन्तरता दियो त्यसले समस्या भएको हो ।’ स्वाएत्त क्याम्पसको रुपमा प्राज्ञिक समिति, परिक्षा समिति बनाएर क्याम्पसलेनै परिक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, स्नात्तोकोत्तरको कोर्ष बनाएर अध्यापन गराएको भए अहिलेको जस्तो समस्या नआउने लुङ्गेलीको दावी छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved