विपन्न परिवारलाइ घिमिरे र श्रेष्ठकाे सहयाेग
- जेठ २०, २०७८
- "कोशीपत्र/संवाददाता"
धरान- १६ स्थित नौलो बस्तीका दुई बिपन्न परिवारलाई बिहिबार आर्थिक सहयोग प्राप्त भएकाे छ ।
नौलो बस्तिका इन्द्रकुमारी बि.क. , एक बहादुर बि.क.(लकान्द्री माईला) र सीता राईलाई धरान-३ जल्पारोड निवासी गङ्गा प्रसाद श्रेष्ठ र धरान-१४ निवासी सुरेन्द्र घिमिरेले जनही ५-५ हजार रूपैया नगर सहयाेग गरेका हुन् ।
धरान-१६ का वडा अध्यक्ष दिल कुमार गिरिले बुधबार सामाजिक सन्जालमा दुई बिपन्न परिवारको आर्थिक अबस्था दयनिय भन्नेबारे पोष्ट गरेको देखेपछी माहामारिको समयमा थोरै भए पनि राहत महसुस होस भनेर सहयोग गरेको घिमिरेले बराए।
बिपन्न परिवारलाई घरैमा पुगेर आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको गङ्गा प्रसाद श्रेष्ठले बताए।वडा अध्यक्ष गिरिले सहयोगी दुबै जना दाताहरुलाई धन्यवाद दिए।हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सह-सचिवद्वय भोला श्रेष्ठ र तिर्थ कार्कीको समेत उपस्थिती रहेको थियो।