बिद्यार्थी आन्दोलन: कहाँ चुक्यो कलेज प्रशासन ?

  • चैत ८, २०७७
  • " तेजबहादुर बन"
alt

इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन ।

कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए ।

इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध्यन्नरत बिद्यार्थीहरू हाल दैनिक जसो सडकमा उत्रिन बाध्य बनेका छन । आन्दोलनरत बिद्यार्थीहरूले शुक्रबार नाम चलेका ४ वटा निजि कलेजहरूमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन ।

उनिहरूले इटहरीस्थित विश्व आदर्श, सुष्मा, कस्तुरी र कोशी कलेजमा तालाबन्दी गरेका हुन । माग सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने बताउँदै आएका बिद्यार्थीहरूले निजि कलेजका सञ्चालकहरूलाइ आगामी १३ गते सम्मको अल्टिमेटम दिएका छन । पटक पटक जायज मागहरू राख्दा पनि कलेज प्रसाशनले बेवास्था गरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको इटहरीस्थित कस्तुरी कलेजका बिद्यार्थीहरूले बताउदै आएका छन । बिद्यार्थीहरूको आन्दोलनका कारण शिक्षक र कर्मचारी असुरक्षित बनेको भन्दै हिसान सुनसरीले पनि शुक्रबार एक बिज्ञप्ति जारी गर्दै निजि कलेजका सञ्चालकहरूलाइ माग सुनुवाइ गरिदिन आग्रह गरेका छन । हिसान सुनसरीले बिद्यार्थीहरूलाइ शान्तीपुर्ण रूपमा आन्दोलन गर्न आग्रह गर्दै शनिबार देखि अनिश्चितकालिन निजि कलेजहरू बन्दको घोषणा गरेको छ ।

बिद्यार्थीहरूले संयुक्त आन्दोलन चर्काउदा निजि कलेजमा तालावन्दीको क्रममा विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारीलाइ आक्रमण गरेका थिए । बिद्यार्थी आक्रमणमा परि घाइते बनेका सुरक्षागार्ड अधिकारीलाइ उपचारको निमित्त बिराटनगर स्थित बिराट मेडिकल भर्ना गरिएको छ ।


कहाँ चुके निजि कलेजका सञ्चालक
शुरूवाती समयमा बिद्यार्थीको आन्दोलनलाइ साम्य बनाउन सम्बन्धित कलेज प्रशासन चुकेपछि स्थिति सोचेको माहोल भन्दा बाहिर हुन पुगेको छ । बिद्यार्थी आन्दोलनलाइ कमजोर सम्झिदा निजि कलेज प्रसाशनले ठुलो झटका र घाटा बेहोर्नु पर्ने देखिएको छ ।

लकडाउन अवधिको शुल्क मिनाहाको माग गर्दै गत एक साता देखि इटहरीका आधा दर्जन बढी निजि कलेजका सयौ बिद्यार्थीहरू आन्दोलनमा उत्रिएको पहिलो हो ।

कलेज सञ्चालकहरूले सहमतिको बाटो नअपनाइ उल्टै अभिभावक तर्साउने र बिद्यार्थीहरूलाइ चिड्याउने जस्ता गतिविधिहरू गर्न थालेपछि आक्रोशित बिद्यार्थीहरूले पठन पाठन मात्र नभइ कलेज सञ्चालकहरूको निन्द्रा उडाइदिएका छन । अहिले बिद्यार्थी आन्दोलन स्थानीय हदै, प्रदेश सरकार र केन्द्रीय सरकार सम्म पुगिसकेको छ ।
हिरो बन्ने दाउमा बिद्यार्थी संगठन

कलेज नलागेको समयको शुल्क नलिन आग्रह गर्दै आन्दोलनमा उत्रिएका कस्तुरी कलेजका बिद्यार्थीहरूलाइ सुरूमा कुनै राजनीतिक दलका बिद्यार्थी संगठनले चासो लिएनन । बिद्यार्थीहरूको माग जायज रहेको भन्दै जब अन्य कलेजहरू बिश्व आदर्श, सुस्मा र कोशी कलेजका बिद्यार्थीहरू पनि सोही आन्दोलनमा मिसिन आए तब गुणात्मक र तुलनात्मक दुवै हिसाबले संख्या चौवर हुन पुग्यो । राजनीतिक संगठन भन्दा बाहिर रहेका निजि कलेजका बिद्यार्थीहरूले आन्दोलन गरिरहँदा नेतृत्वकर्ता उनीहरू आफै बनेका थिए ।

जब बिद्यार्थी संख्या बढेर इटहरीको कुनै निकायले थेग्न नसक्ने अवस्थामा पुग्यो तब जनता कलेजमा अनाहक शुल्क बृद्धिको नारा लगाउदै बिद्यार्थी संगठन हावी वने र निजि कलेजले माग सम्बोधन गर्नुपर्ने तर्क राखे ।

बिद्यार्थी आन्दोलनमा नेकपा एमालेको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन, कांग्रेसको नेपाल बिद्यार्थी संघ र माओवादीको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) लगायतका संगठनहरूले पनि ऐक्यवद्धता जनाए ।
अबको बाटो
बिद्यार्थी आन्दोलन साम्य बनाउन उपमहानगरले पनि भुमिका नखेलेको होइन । निजि कलेजहरूका सञ्चालकसंग वार्तामा बसेको बेला मेयर द्वारिकलाल चौधरीले सञ्चालकहरूलाइ एक हप्ताको समय दिन माग गरेको बेला बिद्यार्थीहरूले अस्विकार गरेका थिए ।

मेयरको आग्रह अस्वीकार बिद्यार्थीहरूका लागि असोभनीय देखिएको थियो । बिद्यार्थीहरूले कलेज सञ्चालकहरूलाइ निश्चित समय दिएर वार्ताको टेवलमा बस्नु नै अहिलेको उत्तम बिकल्प रहेको शिक्षाविदहरू बताउँछन ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved