एमाले धरानको नगर कमिटी विस्तार

  • चैत ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ ।

धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ । त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ ।

सर्बोच्च अदालतको फैसलापछि पार्टी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गतिबिधिमा सजग रहन सचेत गराउन पनि वडा वडामा भेला तथा कार्यक्रमहरु गर्न लागिएको एमाले धरान नगर कमिटीका अध्यक्ष नारायणप्रसाद सुबेदीले जानकारी दिए ।

सचिवालय बैठकमा जिल्ला कमिटीका सदस्यहरु पदमप्रसाद लिम्बु, नरेश इवारम, बेणु काफ्ले, रेवतीरमण राई, इन्द्रबहादुर राई, मणिराम राई लगायतको उपस्थिती रहेको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved