छ लेन सडक : वारि चिटिक्क, पारि भद्रगोल

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी:  रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ ।

पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो ।

पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ ।

तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले बताए । अदालतले नै मुआब्जाको कुरा उठाएपछि परियोजना छलफलमा जुटेको कारण अहिले एकपट्टि चौडाइ बढाएर सडक निर्माण थालिएको परियोजना प्रमुख शर्माको भनाइ छ । सर्वोच्च अदालतले इटहरीका घरधनीहरूका पक्षमा पैmसला सुनाएको थियो ।

सडक निर्माणलाई प्राथमिकता दिन र निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्दै सङ्घीय सरकारअन्तर्गत सडक विभागसमक्ष डेलिगेसन पुगिसकेको शर्माले बताए । त्यहाँबाट निर्णय भएलगत्तै निर्माण प्रक्रियालाई अघि बढाइने उनको भनाइ छ । विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण सडक निर्माणले गति लिन सकेको छैन । एकपट्टि मात्र निर्माण थाल्दा शहरको सौन्दर्य पनि वारि चिटिक्क, पारि भद्रगोल देखिएको छ ।

सडक निर्माणले प्राथमिकता पाए विराटनगर रोडमा मात्रै ५५ वटाभन्दा बढी भवन तथा भौतिक संरचनाहरू भत्कनेछन् । यसअघि पनि निर्माण चलिरहँदा यहाँस्थित सडक विस्तार आयोजनाले इटहरीदेखि तरहरासम्मका एक सय २७ वटा घरहरू भत्काएर सडक विस्तार गरेको थियो ।

भत्किएका भवनहरूका धनीलाई उचित क्षतिपूर्ति दिलाउन आयोजनाले यसअघि नै सम्बन्धित पक्षलाई विवरण पठाइसकेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरी तत्काल यस विषयमा केही नबोल्ने भन्दै पन्छिए ।
सडक निर्माण कार्य ढिलो हुँदा इटहरी अर्काे समस्यामा फँसेको छ । बढ्दो सवारी चापका कारण यात्रु र वरपरका बासिन्दा धूलोको शिकार बन्न पुगेका छन् ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved