विराटनगर । प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा सुत्केरीलाई न्यानो कपडा वितरण गरिएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ ।
३५ जना सुत्केरी महिलाहरुलाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा प्रदान गरिएको छ ।
बुधवार भएको वितरण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला, समाजसेवी ज्योती आचार्य, डा.नारायण यादव, सावित्री पुरीलगायतको सहभागी थिए ।