पूर्व प्रधानमन्त्रीको जिल्लामा करोडौँका पूल अलपत्र: ठेकेदार सम्पर्क बिहीन

  • माघ ६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ ।

आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो ।

पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा सो नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ ।

९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रेलिङ्गको काम बाँकी छ । बेलामा काम नगरेपछि निर्माण कम्पनीलाई हर्जना गराउन सडक डिभिजन कार्यालयले २०७३ देखिनै बैंकलाई पत्रचार गरिरहेको छ । तर, बैंकले ठेकेदारको बैंक ग्यारेन्टीबाट हर्जना समेत भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।

शुरुमा वैंक ग्यारेन्टी रहेको राष्ट्रिय वाणिज्य बैंक र अर्को बैंक ग्यारेन्टी जारी गर्ने नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्रचार दर्गासमेत हर्जना समेत गराउन नसकेको डिभिजन सडक कार्यालयका प्रमुख अविमनदास मुल्मीले बताए ।

त्यस्तै रातोखोलामा निर्माण भइरहेको सानोमाई २ पुलपनि चारवर्षदेखि अलपत्र छ । शिवाको बस्नेत निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको ३५ मिटरको एक स्ल्याबको पुलको आधापनि काम भएको छैन । पुलको फाउण्डेशन र सव स्टक्चरको काम मात्रै भएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

चार करोड ६९ लाख ५१ हजार एक सय ४२ रुपैयाँमा निर्माण गर्ने भनिएको पुलको दुई करोड ८४ लाख ५१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । चार वर्षदेखि अलपत्र रहेको पुल निर्माण गर्ने कम्पनीलाई कार्वाहीको चेतावनी पछि बल्ला काम शुरु भएको छ । रातेखोलामा निर्माण थालिएको सानोमाई १ पनि तीन वर्षमा सकिएको छैन ।

सरकारले कोरोना माहामारीका कारण ६ महिना म्याद थप गरेपछि आउँदो मंसीरसम्म पुल निर्माण गरिसक्नुपर्ने थियो । तर, पुल निर्माणको लागि कार्यालयले यस अघिनै दुई पटक म्याद थप गरिसकेको छ । ९० प्रतिशत काम पुरा भएको भनिएको पुलको पुलसम्म पुग्ने बाटो र नदि नियन्त्रणको काम बाँकी रहेको डिभिजन सडक कार्यालयका प्रमुख मुल्मीले जानकारी दिए ।

इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई ५ को सोयाङ जोड्ने माईखोलाको दुधाङमा पक्की पुल बनाउन २०७०÷०७१ मानै सडक डिभिजन कार्यालयले ६ करोड १६ लाख ९२ हजार एकसय ७२ रुपैयाँमा ठेक्का लगाएको हो । सदरमुकामबाट माईजोगमाई गाउँपालिकाको केन्द्र जोड्ने पुल पाँच वर्षअघिनै पुरा भएर सञ्चालनमा आउनुपर्ने हो । तर ठेकेदारको ढिलासुस्तीका कारण अझै पुल पुरा हुन केही वर्ष कुर्नुपर्ने अवस्था छ ।

सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्पmत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा यो बाटोमा बर्षाद्का चार महिनाभन्दा बढी गाडि कुद्दैनन् ।

बेलामा पुलको काम नसकिएपछि ठेकेदार कम्पनी नेशनल नीलगिरी जेभीलाई डिभिजन सडक कार्यालयले हर्जना समेत गरिसकेको छ । कार्यालयले कम्पनीलाई ३० लाख एक हजार पाँच सय ३१ रुपैयाँ हर्जना गरिएको मुल्मीले बताए । हर्जना तिराएपछि ठकेदार काम गर्न तयार भएका छन् । ‘हामी वेट एण्ड सिको अवस्थामा छौ, अब पनि राम्ररी काम भएन भने ठेक्का तोड्ने प्रक्रियामा जान्छौ’,डिभिजन प्रमुख मुल्मीले भने,‘यो अन्तिम मौका हो ।’

बेलामा काम नगरेका ठेकेदारले अहिले भने कोरोना र लकडाउनका कारण काम गर्न नसकेकेको बाहानाबाजी गर्ने गरेका छन् ।

पूल निमाणको ठेक्का लाग्नु भन्दा दुई वर्ष पछि शुरु भएको सात मेघावाटको सुपरमाई जलविद्युत आयोजना निर्माण थालेको १६ महिनामै पुरा भएर विद्युत उत्पादन भइरहेको छ । त्यसैको क्यासकेट (सहायक) आयोजना २०७६ को भदौदेखि निर्माण थालिएको तीन मेघावाटका आयोजना २०७७ असारमा निर्माण पुरा भएर उत्पादन शुरु भयो ।

सुपरमाई हाइड्रो कम्पनी लिमिटेडको लगानी रहेको हाइड्रो प्रोजेक्ट निर्धारित समयभन्दा अघिनै सम्पन्न भएर विद्युत उत्पादन गरिरहदा हाइड्रो प्रोजेक्टको नजिकै रहेको दुई स्ल्याबको दुधाङ पुलको अवस्था भने अलपत्र छ ।

हाइड्रो प्रोजेक्ट भन्दा चारवर्ष अघि निर्माण शुरु भएको पुलको अहिलेसम्म एउटामात्र स्ल्याब पुरा भएको छ । नीजि लगानीमा दुई÷दुईवटा विद्युत योजना सम्पन्न हुँदा सरकारी लगानीमा बनाउन थालिएको पुलको अहिलेसम्म एउटा मात्रै स्ल्याब हालिएको छ ।

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved