नियम बिपरित राखिएका होर्डिङ बोर्ड हटाइयो

  • माघ ६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोड हरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ ।

होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो ।

स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले बताए ।

अहिलेको नियमावली अनुसार सार्वजनिक स्थानमा रक्सि जन्य पदार्थको बिज्ञापन गराउन नपाइने र स्थानीय सरकारसंग समन्वय नगरी बिज्ञापनका कुनै बोर्डहरू राख्न नपाइने भएकोले त्यस्तालाइ तत्काल हटाइएको राजस्व शाखा प्रमुख भट्टराइले बताए । आइतबार अनुगमनको कुममा २ वटा होडिङ बोर्ड हटाएपनि अन्यको खाजि गरी सबै हटाइने उनले बताए ।

होर्डिङ बोर्ड सम्बन्धि नियमावली २०७६ जारी भएपछि स्थानीय सरकारले कार्वानवयन पक्षलाइ प्राथमिकतामा राखेर काम गर्न थालेको अधिकृत भट्टराइको भनाइ छ ।

नियमावली अनुसार ट्राफिक ब्यवस्थालाइ प्रत्यक्ष असर पर्नेगरी ठेगाना नखुलेका र स्थानीय सरकारको अनुमति नलिएका तथा करको दायरामा समेत नपरेका रक्सीजन्य पर्दाथहरुको बिज्ञापन बोर्डहरु सार्वजनिक स्थानमा राख्न पाइनेछैन ।

केहि समय यता अब्यवस्थित तारका गुजुल्टा र होडिर्ङ बोर्डहरूको कारण कुरूप बन्दै गएको इटहरीलाइ स्वच्छ बनाउन पनि त्यस्ता होडिङ बोर्डहरू बाधक बनेकोले हटाउने काम सुरू भएको उपमहानगरबाट बुझिएको छ ।

 

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved