बिरामीको मृत्युपछि अवधनारायाण क्लिनिकमा तोडफोड

  • माघ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरवाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन ।

उनको पित्तथैलीमा बसेको पथरियाको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गरराई अप्रेसन गर्दा लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले घटनामा संलग्न भएका तीन जनलाई नियन्त्रणमा लिइएको बताएका छन ।

प्रहरीका अनुसार राईलाई गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना गरिएको थियो । त्यही दिन अप्रेसन भएको थियो । तर, अक्सिजनसहितको आइसियू आवश्यक भएपछि २९ गते धरान रेफर गरिएको थियो  ।

बुबा होमबहादुर राईले लापरवाहीकै कारण छोरीको मृत्यु भएकोले शव नबुझ्ने बताएका छन ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved