धरान विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । यो सगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ .८६ मिटर कायम भएको छ ।
चीन र नेपालको संयुक्त रुपमा मापन गरेको नयाँ नाप आज एक कार्यक्रमको आयोजना गरि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा गिरएको हो ।
चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाई नै अहिलेसम्म कायम थियो । अब बाट भने सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।