धरान। आफ्नै महिला अनुवायी महिला माथि बलात्कार गरेको मुद्धामा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् ।
सोमबार सुनसरी जिल्लाका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरिलाई सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।
सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको दर्ताै नगरि सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो ।
पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।