पहिलो चौमासिक सकिदा पनि प्रमाणित भएन धरान उपमहानगरपालिकाको निति तथा कार्यक्रम

  • मंसिर १५, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

धरान पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् ।

असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् ।

विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भएको थियो । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट पास गरेको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको थियो ।

नगरसभाबाट पारित भएको निति तथा कार्यक्रममा मेयर राईले अझै सम्म हस्ताक्षर गरेका छैन्न । निति तथा कार्यक्रममा आफ्ना योजनाहरु नपरेको भन्दै मेयर राईले असंन्तुष्टि जनाउँदै आएका थिए । आफुले पेश गरेका योजनाहरु नपरेको भन्दै मेयरले बार्गेनिङ गरिरहँदा निति तथा कार्यक्रमहरु प्रमाणित नभएको एक कार्यपालिका सदस्यको भनाई छ ।

उपमहानगरपालिकाका प्रशासन प्रमुख गणेश प्रसाद खतिवडाका अनुसार निति तथा कार्यक्रम संशोधन गर्नुपर्ने भएकाले ढिलाई भएको बताए । अझै पनि निति तथा कार्यक्रमहरु संशोधन गर्न मेयर उपमेयरको समय मिलाउन नसकिएका कारण ढिलाई भएको उनको भनाई छ ।

उनले भने, “वडाहरुको खाता खोलेर वडाहरु बाटै काम शुरु गर्ने भएकाले भर्खर खाता खोल्ने काम सकिएको छ, वडाहरुको कामको भुक्तानी वडाहरुले नै गर्छन् तर नगर तहका योजना कार्यक्रमहरु भने प्रभावित बनेको छ ।
समयमा नै संसोधन गर्न नसक्दा बजेटको स्थानीय रातो किताब वडाहरुमा पठाउन असहज भएको उनको भनाई छ । उनले भने, निति प्रमाणित गर्न ढिलाई हुँदा केही अप्ठ्यारो त परेको छ, तर ठुलै गाह्रो अवश्था भने छैन् ।’

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले नगर स्तरिय योजनाहरु कार्यान्यवनमा समस्या रहेको बताईन् । मेयरले विभिन्न विषयहरुमा बार्गेनिङ गरेको उनको आरोप छ ।

उनले भने, सर्दु जलाधार क्षेत्र, खानेपानीको समस्याहरुमा मेयरले भने जस्तो नभए पछि निति तथा कार्यक्रमनै रोकिएको छ, योजना कार्यन्वयन गर्न अप्ठ्यारो भएको छ ।’ निति तथा कार्यक्रमहरु बजेट सँग जोडिने भएकोले चालु वर्षको बजेटमा पनि असर गरेको उनको भनाई छ ।
यता धरान उपमहनगरपालिकाका मेयर राईले विषयमा बोल्न चाहेनन् । उनले निति तथा कार्यक्रमको विषयमा अहिले कुराकानी नगर्ने बताए ।

नगर प्रमुखले कारणवस् नीति तथा कार्यक्रम र बिनियोजित बजेट प्रमाणीकरण नगरे पनि यसलाई अवैध भन्न नमिल्ने अर्थशास्त्री तथा लेखा प्रणाली विज्ञ प्रा डा राजेन्द्र पोखरेल बताउँछन् ।

“सभाले पास गरेको कुरालाई अवैध भन्न मिल्दैन, राजनीतिक खिचातानीका कारण प्रमाणीकरण हुन नसकेको मात्र हो,’ प्रा.डा पोखरेलले भने ,‘ मेयरले डाकेको रीत नपुग्नेलगायत भए पनि बजेट खर्च निराशाजनक छैन ।’

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved