इटहरी । तिन वर्ष अघि एक नं प्रदेशलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यान्वयन कमजोर भएको भन्दै एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले सवारी चालकहरूलाइ कडाइ गर्न थालेको छ ।
सम्बन्धित ट्राफिक प्रहरी कार्यालयहरूमा सुचना दिदै हर्न निषेध अभियानलाइ टुंगोमा पु¥याउन र कार्यन्वयन पक्षलाइ बलीयो बनाउन एक नं प्रदेश प्रहरीले राजमार्गमा गुडने सबै प्रकारका सवारीसाधनहरूलाइ कडाइ गर्न आन्तरिम आदेश जारी गरे संगै कडा रुपमा प्रस्तुत हुन थालेको छ ।
तिन वर्ष अघि नै प्रदेश एकलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । एक नं प्रदेशमा हर्न निषेध अभियान चलिरहदा अभियान बिरूद्ध गत २०७४ साल कात्तिक १४ गते रिट दायर गरिएकोमा उच्च अदालत बिराटनगरले खारेज गरेको थियो ।
हर्न बजाउने नाममा त्यसको दुरुपयोग गरिएको र ध्वनी प्रदूषण समेत बढेको भन्दै प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट प्रदेशमा ‘हर्न निषेध’ गरेको थियो ।
केहि समय कार्यान्वयन भएपनि उलंघन बढेपछि पुनः सोहि अभियानलाइ कडाइ गर्न सम्बन्धित प्रहरी कार्यालयहरू र ट्राफिक प्रहरी कार्यालयहरूमा आदेश जारी भइसकेको एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले बताए ।
प्रदेश एकको मुख्य जिल्लाहरूमा अब साना तथा ठुला सवारीसाधनहरूले हर्न बजाए कानुन बमोजिम जेल सजाय र दण्ड जरिवाना समेत तिर्नुपर्ने प्रहरी प्रवक्ता कार्कीको भनाइ छ ।
हर्न निषेध अभियानलाइ सार्थक बनाउन सम्बन्धित सबै प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयहरूमा सुचना जारी गरिसकेकोले कार्यान्वयन पक्षलाइ बलियो बनाइने उनको भनाइ छ ।
योजना ल्याए अनुसारको कार्यान्वयन नहुदा सवारी साधनहरूको लापरवाही बढेको र अनावश्यक हर्नले ध्वनि प्रदुषण बढेकोले अब कडाइ गर्न थालिएको एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यता एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालयले पनि हर्न निषेधित क्षेत्र तोकिएको स्थानमा नियम उल्लंघनको घटना बढेको स्विकार्दै केहिलाइ कार्वाही गरिसकेको र अभियान जारी नै रहेको बताएको छ ।
एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार योजना कार्यान्वयन भएको तर कडाइ रूपमा लागु नहुँदा सवारी साधनको लापरवाही बढेको र अब पुनः त्यस्लाइ कडाइका साथ पालना गरिने पनि बताए ।
त्यस्तै केहि सवारी साधनहरूले प्रयोग गर्ने प्रेसर हर्न अब प्रहरीले खोस्ने देखि उचित जरिवाना समेत तोक्ने भएको छ ।
प्रदेश एकमा हर्न निषेध अभियान सुरू भएसंगै अब साना एवम ठुला सवारी साधनहरूले तोकिएका स्थानहरूमा हर्न बजाउन पाउने छैनन र बजारमा कानुन सम्मत कार्वाहिको भागिदार बनिने एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।