इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियान

  • मंसिर १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानलाई विकेन्द्रित गरिएको छ ।

अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ ।

इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना वनाइने उपप्रमुख गौतमले बताइन।

खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ ।१२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ ।अपांङ्गता भएकाहरु,वालवालिका र जेष्ठ नागरिकका लागि छुटटा छुटटै कार्यक्रमहरु तय गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल टोलमा पुग्नेगरि ४० वढि कार्यक्रम आयोजना गरिने छन । उपप्रमुख गौतमले भनिन “कोरोना छ भनेर चुप लागेर वस्नुहुदैन,धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन,स- सना कार्यक्रम वनाएका छौ वडा वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक वनाउदै छौ ।"

अभियानका क्रममा न्यायिक समति संयोजक उपमेयर गौतम,न्यायिक समिति सदस्यहरु,महिला सदस्यहरु,महिला संजाल सहित सवै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो । अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार व्रोसर वितरण गरिदै छ ।

व्रोसर वाट हिंसामा परेपछि के गर्ने रु कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले बताइन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved