स्याल कराउँने डाँडामा मध्ये रातसम्म रमाउँछन पर्यटक

  • मंसिर १४, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम/ सूर्योदय नगरपालिकामा पर्ने अन्तुमा ५÷६ वर्ष अघि रात भर स्याल कराएको सुन्न पाईन्थ्यो ।

जंगल सँगै पातलो बस्ती र मानिसको आवत जावत कम भएको कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो । तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजे सम्म मनिसको आवाज सुन्न पाईन्छ ।

पर्यटन क्षेत्रको विकास सँगै बस्ति बाक्लिएको र मानिसको आवत जावत अत्धिक बढे सँगै पर्यटकले मनोरञ्जन गर्ने गर्छन । मानिसको चाप नहुँदा अन्तुमा रँजाई गरेका स्याल मानिसको चाप बढे सँगै पलाएन भएका हुन । यतिबेला ५÷६ पहिलेको जस्तो स्याल नपाउने स्थानीय बताउँछन ।

यहाँका स्थानीय बासिन्दाले स्यालको रक्सी बनाएर बेच्ने गरेका छन् । मिठो बोली बोल्ने यहाँका पर्यटन व्यवसायीले यसलाई रक्सी नभनी ‘स्यालहुस्कि’ भन्ने गरेका छन् । बाथ रोगीहरुले स्यालको मासु खोजीखोजी खाने गरेकाले पनि स्यालको रक्सी मज्जाले बिक्ने गर्दथ्यो । पर्यटकहरुले कोशेलीकै रुपमा स्यालको रक्सी अन्तुबाटबाट लैजाने गरेको स्थानीय बताउँछन ।

अन्तुमा र्यटकको भिड

लामो समय सम्म कोरोना संक्रमणको कारण पर्यटक आवत जावतमा ठप्प रहेको अन्तुमा यतिबेला थामि नसक्नु भिड लाग्ने गरेको छ ।

शुक्रबार र शनिवार त एक हप्ता अघिनै बुक गरिसकेका हुन्छन । शुक्रबार आएका पर्यटकको लागि बास नपुगेको कारण अन्तु कटेजमा टेन्टमा समेत सुताईएको स्थानीय रुद्र घिमिरेले बताए ।

पहिले सम्पर्क नगरी शुक्रबार बेलुका अन्तु आउने पर्यटकलाई बास पाउन मूस्किल रहेने सामुदायीक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आले बताउँछन ।

प्रकृतिक सुन्दरताको कारण पनि अन्तुमा पर्यटक आउन थाले सँगै भिड लाग्न थालेको हो । पर्यटक आकर्षण गर्नेे इलाममा धेरै गन्तब्यहरु छन् तर, श्रीअन्तुले जति अन्य पर्यटकीय स्थलले आकर्षण गर्न सकेको छैन ।

यहाँको मूख्य आकर्षण भनेको सूर्योदयको दृश्यनै हो । आकाश खुलेको बेला सूर्योदय देखिँदा टिष्टा नदी तिरको क्षितिजमा रेखा देखिन थाल्छ । त्यो रेखा चम्किलो हुँदै गएपछि रेखाको बीच भागमा टपरा, मयुर, थाल जस्तो देखिँदै देखिँदै अलिक मास्तिर गोलो रातो घाम देखिन्छ । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केहीबेरमा अन्यत्रबाट देखिएजस्तै हुन्छ ।

यहाँ स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र विहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । नेपालकै सुदुर पूर्वमा पर्ने इलामको श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।

कोरोना संक्रमणको जोखिममा अन्तु

सरकारले कोरोना संक्रमण बाट बँच्न भिडभाड नगर्नु र नगराउँनु भने पनि अन्तुमाहुने भीडभाडका कोरोना भाईरस संक्रमणको उच्च जोखिममा अन्तु रहेको छ ।

त्यहाँ पुग्ने जो कोही माक्स लगाएरनै पुग्छ तर अन्तु पुगेपछी न लगाउँछन मक्स न हुन्छ सामाजिक दुरी ।

बिहान सूर्योदय हेर्न जाँदा मुखमा माक्स र सामाजिक दूरीको वास्तै हुँदैन । संक्रमण फैलिरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड न अपनाउने र हेल्चेक्रयाँईको कारणले पनि अन्तु जोखिममा रहेको हो ।

 

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved