स्थानीय पूर्वाधार विकासमा खनाल र नेम्बाङको आठ करोड

  • मंसिर १४, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । पूर्र्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका सांसद झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ वडा संख्याको आधारमा वितरण गरिएको छ ।

कार्यक्रम अन्र्तगत सबैभन्दा ठूलो रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकाललाई १० लाख, माइ नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिका ६० लाख, सन्दकपुर गाउँपालिकालाई ६७ लाख र माईजोगमाई गाउँपालिकालाई ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र नं. १ मा ३९ वडा रहेका छन् । वडा संख्याको आधारमा प्रत्येक स्थानीय तहहरुलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यसै गरि संविधान सभाका अध्यक्ष तथा सांसद नेम्बाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार रुपैयाँ, माइ नगरपालिकालाई २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

इलाम नगरपालिकामा वडा नं. १० घट्टा कृषि बजार पूर्वाधार विकास रु १० लाख, रत्न चोक पुवाखोला इन्टेक सडक स्तरोन्नती रु ३५ लाख, वडा नं. ५ को कवर्ड हल निर्माणमा ४० लाख, इ.न.पा ७ को कवर्ड हल निर्माणमा २५ लाख वजेट विनियोजन भएको छ ।

देउमाई नगरपालिकामा वडा नम्बर ८ को सामुदायिक भवन निर्माण २६ लाख, ठूलो चौरी राना चोक फुटुक ओजेले सडक १४ लाख ५६ हजार, मंगलबारे विन्दुले चमैता देउराली सडकको विन्दुले स्थित देउमाई खोलामा कल्भर्ट निर्माण २० लाख, वडा नं. ७ को पालसेङ डुप्लिङ गुम्बा निर्माणमा २० लाख, सिद्धिथुम्का नाम्थला फूलबारी हाङवाङ सडक रु १० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

माइ नगरपालिकामा वडा नं. ६ को तित्रि चोक देखि किरातँचोक सम्म सडक स्तरोन्नती २८ लाख ५० हजार, वडा नं. २ को मस्तेफुयल चैतारीदेखि चेप्टी सिमले सम्मको सडक स्तरोउन्ती ३४ लाख, वडा नं. ४ को अर्ने खील्सी देखि कट्टेलटार गंगटे सुखानी मुल सडक हुदै दोकानलाइन सम्मको सडक स्तरोन्नती ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सूर्योदय नगरपालिकाको वडा नं. ६ मा लाम पधेंरो फाजिगाउँ सिद्धिखोला उतरोन्नती १० लाख, वडा नं. ८ पञ्चे चौतारो डब्बुगाउँ सडक स्तरोन्नती १० लाख, वडा नं. ५ बरभञ्जयाङ चिया फ्याक्ट्री शान्तिबजार सडक स्तरोन्नती २५ लाख, वडा नं. ४ सिद्धिखोला सल्लेरी सडक स्तरोन्नती १० लाख, वडा नं २ को पशुपतिनगर भेटेरीनरी –सिद्धार्थ, टोलसृजना टोल मानेडाँडा प्रगति टोल सिद्धिखोला सडक स्तरोन्नती १० लाख वडा नं. ३ को पान्दुले जिल लुङ्गाचोक हुँदै रुङ्गसुङ्ग मेहेलबोटे सडक स्तरोन्नती २० लाख, वडा नं. ११ कालोपानी माघे सिस्ने सडक स्तरोन्नती १० लाख, सामुदायीक विद्यालयहरुको मर्मत सम्भार, तारजाली तथा रंग रोगन २० लाख, वडा नं. ११ को कालोपानी पेमाजुने गुम्बा वुद्धमार्ग सडक स्तरोन्नती १० लाख, वडा नं. नौ को बरबोटे विपसना केन्द्र सम्म जाने सडक स्तरोन्नती १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

चुलाचुलीमा वडा नं. १ को जल्पा देवी कलर्भट निर्माण १० लाख,वडा नं. ३ को चाँजो खोला उत्तर एकलब्य चोक हुदै मंगलसिद्धि जाने बाटो स्तरोन्नती १० लाख, वडा नं ५ को रतुवा आपझोला सिचाई आयोजना वडा १५ लाख, वडा नं. ५ को राष्ट्र प्रेमी मा वी घेराबारा १२ लाख १४ हजार, वडा नं. २ तीनकुने सिङबहादुर राईको घर हुदै खडकुरे खोल्सी सम्म उच्च स्तरीय ग्राभेल १० लाख वजेट विनियोजन भएको छ ।

फाकफोकथुममा वडा नं. ३ र १ को आमचोक शुक्रबारे, शंकरचौक, ठिङ्गेपुर, पचेवा, धर्मद्वार हुँदै खाङवाङ चिहानडाँडासम्म सडक स्तरोन्नती ग्राभेल सोलिङ १६ लाख ६६ हजार, वडा नं. २ को सिपाहि डाँडा, लुईटेल डाँडा हुदै बम निरौलाको घर सम्म सड्क सोलिङ १० लाख, वडा नं. ४ को लाङसुप सान्यादेन एमायू यूमामाहिम माङहिम सांस्कृतिक भवन अधुरो निर्माण कार्य ढलान सहितको निर्माणमा १० लाख, वडा नं ५ को खडकुले हिले खोला ताल निर्माण १० लाख, एकतप्पाकोे फुस्रे मिश्रभञ्जयाङ जानकी मावि, कमेरे सडक ग्राभेल सोलिङ १० लाख, मिश्रभञ्जाङ ढुङगेपानी शिकारी मञ्जयाङ सडक सोलिङ ग्राभेल १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

माङसेवुङ गाउँपालिकामा सांस्कृति तथा सामुदायीक भवन निर्माणमा १७ लाख, भालुखोप डाँडागाउँ तथा वेदगैरी खानेपानी योजना मर्मत १० लाख, गजुमुखी धाम खेलमैदान स्तरोन्नती १० लाख, घर्तिबारी, नेम्वाङगाउँ, रत्नवस्ती तथा मालबासे मल्टेनी खर्वनी सडक स्तरोन्नतीका लागि १० लाख १४ हजार, खर्क सुवाचेङ खुन्द्रका विद्युतिकरणमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

.रोङ गाउँपालिकामा वडा नं ३ मा कभर्ड हल निर्माण ३० लाख, धजे– वडा कार्यालय सडक स्तरोन्नती १० लाख, वडा नं ५ को पर्यटन पूर्वाधार विकासमा १० लाख, वडा नं ४ को स्वास्थ्य चौकी भवनको पहिरो व्यवस्थापन १० लाख रहेको छ ।
सन्दकपुर गाउँपालिकामा सापकोटा डाँडा इङला जौवारी सड्क स्तरोन्नती २० लाख, श्रीहाङजी कालपोखरी सन्दकपुर सडक स्तरोन्नती २० लाख, धापपोखरी पूर्वाधार निर्माण १५ लाख, देउराली गैह्रीगाउँ सडक स्तरोन्नती १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

माईजोगमाई गाउँपालिकाको वडा नं. २ प्याङ सडक बाट मझुवा हुदै सोयाङ ताङ्खे जोडने सडक स्तरोन्नती १० लाख, वडा नं. २ को महिला भवन निर्माण १० लाख, वडा नं. ३ को गुप्ती बलढ्याग्रे चार वरपिप्पल सडक स्तरोन्नती १० लाख, वडा नं. ४ को वनपाल झिल निर्माणमा १० लाख, खडका गोलाई थरीगाउँ हुदै मादेन गाउँ देखि साठी मुरे गोलाई सडक स्तरोन्नती १० लाख, वडा नं. ६ को माईखोल रुलुक प्याङ मावि पञ्चमी गुम्वा डाँडा सडकको आरुगोलाईबाट पञ्चमी खण्डसम्म स्तरोन्नतीमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved