इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन ।
पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए ।
उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन गराउनु पर्ने, समूह खेल दिउसोको टिफिन ब्रेक नगर्ने, विद्यालयमा साबुनपानीले हात धुने व्यवस्था खनिवार्य गर्नुपर्ने र शिक्षक विद्यार्थिले अनिवार्य माक्सको प्रयोग गरी विद्यालय सञ्चालन गर्नुपर्ने छ ।
यता सूयोदय नगरपालिकाले नगरभित्रको विद्यालयहरू सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा शिक्षाको अनुभवी व्यक्तित्वहरू, प्रधानाध्यापकहर, शिक्षकहरू, संघ र संगठनको प्रतिनिधिहरू,विद्यालय व्यवस्थापन सनितिका प्रतिनिधिहरू,शिक्षक अभिभावक संघका प्रतिनिधि,समाजसेवी,सेवास्थ्यकर्मी, बाल क्लव प्रतिनिधि, मनोसामाजिक परार्मशदाता, सामाजिक परिचालक , निजी र सानुदायिक विद्यालयका प्रतिनिधिहरूबीच छलफल गरी विद्यालय सञ्चालन गर्न चाहने विद्यालयहरूले विद्यालय संचालन सम्वन्धी कार्यढाचा २०७७ वा आलापालो सिफ्ट वा अन्य कनै विद्यालय र ठाउँ अनुसारको उपयुक्त मोडालिटी तयार गरी नगरपालिकाको शिक्षा शाखामा प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । उक्त प्रस्ताव अनुसार विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पालिकाले गर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
उता जिल्ला कोविड १९ संकट व्यवस्थापन समिति इलामको बसेको बैठकले आलो पालो सिफ्ट मार्फत विद्यालय सञ्चालनका गर्न पाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम नै विद्यालय सञ्चालन सम्वन्धी कार्य ढाँचा २०७७ को पुर्ण कार्यान्वयन गरि बालबालिकाको शिक्षण सिकाई र परिक्षा तथा मुल्यांकन सम्वन्धी प्रक्रियालाई सहज तथा निरन्तर बनाउन सबै स्थानिय तहलाई अनुरोध गर्ने निर्णय भएको छ । बिद्यालयमा बिशेष गरेर बैकल्पिक माध्यमबाट बालबालिकालाई अध्यापन गराउन जोड दिन समेत आग्रह गरिएको छ ।
विद्यालय सञ्चालन गर्दा बिद्यार्थी वा शिक्षक शिक्षिकाहरु संक्रमित फेला परे त्यसको जिम्माको हुने भन्ने स्पस्ट नभएको निजि तथा आवाशिय बिद्यालय प्याब्सन इलामका अध्यक्ष बिकास कर्माचार्यले बताए । त्यस्तै प्रदेश नम्वर एकका भूमि व्यवस्था, कृषि, सहकारी राज्य मन्त्री राम रानाले बिद्यालय सञ्चालनमा अझै अन्योल कायम रहेको बताए ।
बिद्यालय सञ्चालनमा विद्यालयले मापदण्ड पुरा गरि सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि कसरी सञ्चालन गर्ने भन्ने अन्योलनै छ ।
बढि बिद्यार्थी हुने र शहरका विद्यालयहरुमा सम्वन्धित विद्यालयका प्रअ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले स्थानिय तहको समन्वयमा महामारीबाट बच्ने गरि अघि बढ्न समेत बैठकले आग्रह गरेको छ । हाल कोरेन्टाइन रहेका विद्यालयहरुलाई तत्काल हटाउने र विद्यालयलाई जिम्मा लगाउनु पर्ने निर्णय गरेको छ ।