सुरेश गन्धर्वको सहयोगार्थ अभियान शुरु ,आर्थिक सहयोग जुट्दै

  • मंसिर १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान लोक गायक सुरेश गन्धर्वको उपचारको सहयोगार्थ रंगकर्मी विष्णु मोक्तानको संयोजकत्वमा १९ सदस्यीय सुरेश गन्धर्व सहयोग अभियान गठन गरीएको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार गराईरहेका गन्धर्वको उपचारका लागि संचालन भएको अभियानमा नेता फोक्वाहाङ सुब्बा चोत्लुङ, युवा व्यवसायी गंगा कालिकोटे, पत्रकार दिनेश गजमेर, संजिता धमला, भैरव आङ्ला, सौरभ श्रेष्ठ, सन्तोष काफ्ले, गोपाल दाहाल रहेका छन ।

यस्तै, समाजसेवी सविता राई, खेलाडी किशोर सम्बाहाम्फे, कलाकारहरु मिना सिंगक, रेखा फागो, विनायक राई, हेम सुब्बा, हर्षु राई, नेता युवराज शंकर, राजिव दाहाल र ज्ञान सुब्बा थेवे रहेका छन ।अभियानले गायक गन्धर्वको उपचार सहयोगार्थ मेगा बैंक धरान शाखामा खाता समेत खोलेको छ ।

गायक गन्धर्वको उपचारमा सहयोगका लागि गन्धर्वका छोरा याम कुमार गन्धर्व र पत्रकार संजिता धमलाको नाममा मेगा बैंक धरानको खाता नं. ०२२००५८२७९६५४ रकम जम्मा गर्न सकिने अभियानका संयोजक विष्णु मोक्तानले बताए ।

खाता खोलिए सँगै उनलाई सहयोग पनि जुट्न थालेको छ । उनलाई बैंकका कर्मचारीहरूले नगद संकलन गरी ४ हजार रूपैँया जम्मा गरिदिएका छन ।

त्यसै गरि सविता राईबाट १ हजार, हेम सुब्बाबाट २ हजार, प्रदिप नेयोङबाट १ हजार ५ र सुमन चेम्जोङबाट १ हजार गरी ५ हजार ५ रूपैँया संकलन भएको थियो । बैंकमा ९ हजार ५ रूपैँया जम्मा भएको मोक्तानले बताए ।

आर्थिक अवस्था कमजोर रहेका गायक गन्धर्वको उपचारको लागी नेपाल तरूण दल धरान उपमहानगर कमिटीले पनि आर्थिक सहयोग गरेको छ । दलको संकलित ११ हजार २ सय ५५ रूपैँया नगद प्रदान गरेको छ । तरूण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठ, उपाध्यक्ष नरसिंह राई र सदस्य बिक्रम तामाङ आज अस्पताल पुगेर गायकलाई नगद हस्तान्तरण गरेका छन ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved