धार्मिक तथा पर्यटकीय गन्तव्यका लागी पाटे नागीमा सडक

  • मंसिर १२, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम । इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको धमाधम काम भईरहेको छ । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने काम भईरहेको हो ।

इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पु¥याउनको लागि द्रुतगतिमा बढिरहेको छ भने देउराली सम्म सडक पु¥याउने बताएका छन ।

उनले भने ‘सडक पुगे सँगै अन्य पूर्वाधार खानेपानी विजुली पु¥याउने र त्यहाँ भएको स्रोत व्यवस्थापन गर्न जग्गालिजमा उपलब्ध गराउने र त्यसलाई एउटा सुन्दर इलामको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।’

इलाम नगरपालिकाको बागखोर देखि पाटेनागी नजिकैको विव्ल्याटे सम्म पु¥याउने लक्ष्यका साथ काम भईरहेको वडा नम्बर तीनका वडाध्यक्ष तिर्थ गुरुङले बताए ।

पर्यटकीय क्षेत्र भएकाले पाटेनागी सम्म पुग्नका लागि हिँडेर जानु पर्ने भएको कारण पनि सडक पु¥याउनै पर्ने रहेको गुरुङ बताउँछन । उनी भन्छन, ‘यस क्षेत्रमा भौतीक संरचना निर्माणको लागि पनि सडकको आवश्यकता रहेको थियो । यस क्षेत्रको विकासको लागि पनि सडकको आवश्यकता रहेको छ ।’

पाटेनागीको मूख्य आकर्षण

तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदी झैं टल्कीएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ ।

यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजंघा हिमाल लगायत देख्न सकिने र प्रदेश १ का धेरै जिल्लाहरु भू–भाग नियाल्न सकिन्छ । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहास छ ।

यसठाउँमा रेडपाण्डा पाउने भएको कारण विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्वपूर्ण रहेको छ ।

यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोला लगायत खोलाहरूको उद्गम स्थल र नागढुङ्गा भएकोे कारण धार्मिक हिसावले पनि अव्वल मानिन्छ । गाइ वस्तु विग्रिएर दुध दिएन भने नागढुङ्गामा पुजा गर्दा गोठ सप्रने धार्मिक विश्वास रहेको वडाध्यक्ष तिर्थ गुरुङ बताउँछन ।

नागढुङ्गामा नाग, शंख लगायतका विभिन्न किसिमका आकृति देख्न सकिने गुरुङको भनाई छ । यस क्षेत्रमा १२ प्रजातिका गुँरास देख्न सकिन्छ ।

पाटेनागीमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागी देखि गोर्खेको मानेभञ्ज्याङ सम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हे¥यो त्यतै राताम्ये देखिने गर्छ ।

इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्ची सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved