नगरपालिकालाई कर नतिरेपछि हटायो नगरभित्रका होडिङ बोर्ड

  • मंसिर ८, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाम नगरपालिकालाई विज्ञापन कर नतिरेको भन्दै नगरपालिका भित्र राखिएका होडिङ बोर्ड हटाएको छ ।

विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापन युक्त होडिङ बोर्डहरु इलाम नगरपालिकाले हटाएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा बार्षिक पाँच लाख दश हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको थियो । तर विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी, वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेट अनुसार कर नबुझाएपछि यस्ता विज्ञापन युक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए ।

नगरले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचार प्रसार गर्नका लागि सप्लायर वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदुषण समेत बढिरहेको छ ।

मदिराजन्य पदार्थको विज्ञापनमा रोक लगाइएको भएपनि यस्ता कम्पनीको विज्ञापनले शहर प्रदुषित भएकाले पटक पटकको छलफल पछि नगरले होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

हाल नगरपालिकाले बिभिन्न मदिराजन्य पदार्थका बोर्ड, बिभिन्न कम्पनीका उत्पादन सहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडी बढाइने नगरपालिकाले जनाएको छ । बाँकी रहेका बम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ ।

 

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved