सोलुखुम्बु। सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ ।
२ तले पक्की घरमा संचालमा रहेको होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भई २ करोड मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालयले जनाएको छ ।