पाँचकन्या पार्कको डिपिआर तयार

  • मंसिर ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पर्यटकीय गन्तव्यको विकाशमा अग्र रहेको धरान उपमहानगरपालिकाले थप गन्तव्यका लागि वडा नम्बर ६ को पानवारीमा पाँचकन्या पार्क निर्माण गर्ने भएको छ ।

पार्क निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट समेत तयार गरेको छ । पाँचकन्या सामुदायीक वन उपभोक्ता समुहले विस्तृत परियोजना रिपोर्ट बनाएको छ ।

वनको परिषरमा करिब ५ विगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए ।

उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो ।

पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटका लागी पहल भइरहेको बताए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले पानवारीको मात्र नभइ धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved