धरान । दुर्घटना तथा विभिन्न रोगका कारण अपाङ्गता भएका व्यक्तिहरूको लागि खेल खेल्न सकिने खालको (रफराइडर) ह्विल चेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनः स्थापना समाज काठमाडौँको सहयोग तथा स्पाइनल इन्जुरी संघ प्रदेश १ को आयोजनामा १७ वटा ह्विल चेयर वितरण गरिएको हो । इटहरीमा एक कार्यक्रम गरी धनकुटा, सुनसरी, मोरङ र तेह्रथुम जिल्लाका १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिगोटा एक लाख बराबरको ह्विल चेयर वितरण गरिएको हो ।
पहिलेका बर्षहरुमा सामान्य हिँडडुल गर्ने ह्विल चेयर वितरण गर्ने गरे पनि यो पटक भने खेल खेल्न सक्ने ह्विल चेयर वितरण गरेकोमा राम कार्कीले खुशी व्यक्त गरे । उनले भने, ‘अपाङगता भएका हामि जस्ता धेरैलाई दैनिक गरिने कृयाकलापमा धेरै समस्या हुने गरेको छ । पहिलेका बर्षहरुमा सामान्य हिँडडुल गर्ने ह्यिल चेयर वितरण गर्ने गरे पनि यो पटक भने खेल खेल्न समेत सकिने ह्यिल चेयर वितरण गरेकोमा हामी खुशी छौं ।’
अब पिच गरिएको सडकमा मात्रै नभई अन्य कच्चि सडकहरुमा पनि सजिलै हिड्न सकिने उनले बताए । अपाङगता भएका हामि जस्ता धेरैलाई दैनिक गरिने कृयाकलापमा धेरै समस्या हुने गरेको छ । पहिलेका बर्षहरुमा सामान्य हिँडडुल गर्ने ह्यिल चेयर वितरण गर्ने गरे पनि यो पटक भने खेल खेल्न समेत सकिने ह्यिल चेयर वितरण गरेको हो ।
प्रदेश नम्बर १ अपाङगता भएकाहरुलाई खेल प्रति विकाश गर्न समाजले लक्ष्य लिएको राष्ट्रिय अपाङ्ग पुनः स्थापना समाज काठमाण्डौंका उपाध्यक्ष सुगम भट्टराईले बताए । नेपाल भरका करिब ६२ जिल्लामा खेतकुदका लागी उपयुक्त हुने खालका ह्विल चेयर बितरण गरिसकेको राष्ट्रिय अपाङ्ग पुन स्थापना समाजले वितरण गरिसकेको उनको भनाई छ । राष्ट्रिय अपाङ्ग पुन स्थापना समाज काठमाडौँको सहयोग तथा स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ को आयोजनामा १७ वटा ह्यिल चेयर वितरण गरिएको छ ।
कतिपय अपाङता भएका ब्यक्तिहरुले आत्माबिश्वास गुमाएका कारण पनि उनीहरु शारिरीक मानसिक दुबै रुपमा कमजोर हुने गरेका छन् भने कतिपयले अपाङ्ग भएरै पनि बिश्व किर्तिमान राखेका छन् । अपाङता भएका ब्यक्तिहरुलाई पारिवारिक वातावरण देखि लिएर स्थानीय सरकारको सहयोगमा उनीहरु बिभिन्न शिपमुलक तालिमहरु प्रदान गरिने कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमले बताईन् ।
उनले इटहरीमा भएका अपाङगहरु मध्ये १ सय जनालाई घर घरमै पुगेर रेड कार्ड वितरण गरेको जानकारी गराईन् । उनले भनिन्, ‘अब प्रदेश कमिटीले अपाङ्गता भएका व्यक्तिहरू माझ बास्केटबल खेलको आयोजना गरे इटहरी उपमहानगरपालिकाले सबै खर्चको व्यवस्था गर्न तयार छ, साथै उनीहरुले केही सिप सिक्छु, आत्मनिर्भर हुन चाहन्छु भन्नेलाई पनि कम्पनी तथा व्यवसायमा लाग्ने सम्पूर्ण कर छुटको व्यवस्था गरिने छ ।’