प्रतिष्ठानको रुटिन ओटि आज देखि पनि पुर्ण रुपमा संचालन हुन सकेन्

  • मंसिर ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रुटिन ओटिमा प्रयोग हुने सामग्री बिग्रिएका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज देखि शुरु हुने भनेको रुटिन ओटि पुर्ण रुपमा संचालन हुन सकेन् ।

केही दिन अघि सुचना जारी गर्दै मंसिर ७ गते देखि रुटिन ओटि संचालन हुने जनाएको थियो । तर लामो समय देखि बन्द रहेका सामग्रीको समयमै आवश्यक मर्मत सम्भार तथा चेकजाँच नगर्दा तोकिएको समयमा रुटिन ओटि संचालन गर्न नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ । पुर्ण रुपमा संचालन गर्दा ७ वटा रुटिन ओटि सुंचारु हुन्छ तर आज एउटा मात्रै थपिएको छ । यस अघि १ महिना देखि २ वटा रुटिन ओटि संचालनमा थिए ।

आज एउटा थपिएर ३ वटा रुटिन ओटि संचालनमा आएको सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले सुचना जारी गरेका छन् । उनले सुचना जारी गर्दै ‘ओटी युजर्स कमिटीले मङ्सिर ७ गते आज देखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको थियो, तर प्राविधिक कारणले पुर्णरुपमा रुटिन ओटी शल्यक्रिया सुरु हुन नसकेको बताइएको छ ।’

प्रतिष्ठानको अरू ओटीका केही सामाग्रीहरू कोभिड अस्पतालमा प्रयोग भइरहेको र केही बिग्रिएकोले पुर्णरुपमा रुटिन ओटी सञ्चालन गर्न नसकिएको डा. बरालले बताए । उनका अनुसार बाँकी ओटीहरु पनि चाडै सञ्चालनमा आउने र पुर्णरुपमा प्रतिष्ठानका रुटिन ओटीहरु सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा भइरहेको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इमरजेन्सी र सेमी इमरजेन्सी प्रकृतिका अप्रेसनहरू मात्र गरिरहेको थियो । जनशक्तिको अभावमा एक महिना देखि रुटिन ओटि बन्द रहेको थियो ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved