धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् ।
संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ ।
चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ।
अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो ।
बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।