पर्यटन दिवस बेलुन उडाएर मनाइयो

  • असोज ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको कारण प्रभावित बनेको पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि भए पनि सामान्य रुपमा ४१ औं पर्यटन दिवस मनाएका छन् ।
पर्यटन व्यवसाय तहसनहस भए पनि स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई मुख्य रोजगार र समृद्धिको आधार मानेकाले पर्यटन दिवसलाई स्मरण गर्न पर्यटन व्यवसायीहरुले बेलुन उडाएर मनाएका छन् ।

पर्यटन व्यवसाय अझै धरायसी नै भएका छैनौं, सम्भावना बाकी नै छ भन्ने सन्देश दिनका लागि बेलुन उडाएर भए पनि दिवसको स्मरण गरिएको पर्यटन व्यवसायी बासुदेव बरालले बताए । आइतबार पर्यटन दिवसको अवसरमा धरान उपमहानगरपालिका परिषरमा धरानका प्रमुख तिलक राईले बेलुन उडाएका थिए ।

अघिल्लो वर्षहरुमा पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु मनाउने गरिएको थियो । तर यस वर्ष कोरोनाको कारण सामान्य रुपमा मनाइएको बरालले बताए । उनले कोरोना संक्रमणले पर्यटन व्यवसाय सबै भन्दा बढी मारमा परेको उनको भनाई छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख राईले कोरोनाको कहरको बिचमा पनि पर्यटन प्रवद्र्धनको खोजि भइरहेको बताए । धरान उपमहानगरमा रहेको पर्यटन विकाश समिती मार्फत थुप्रै गतिविधि भइरहेको जानकारी दिदै राईले निजी क्षेत्रले पनि पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताए । सरकारले भिजिट २०२० मनाउने योजना बनाए पनि कोरोनाको कारण करोडौंको लगानी तहसनहस भएको उनले बताए ।

उनले पर्यटन दिवसकै पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकबीच महत्वपूर्ण सम्झौता भएको बताए । अहिलेको अवस्थामा पर्यटन क्षेत्र तहसनहस भए पनि भविष्यमा पर्यटन क्षेत्रको विकासमा धरान उपमहानगरपालिका लागि परेर अगाडि बढ्ने बताए ।

श्रीमतीलाई ‘खोकीको औ ...

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई ख ...

मलेसियाको कमाइ छोडेर ...

झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास ...

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

हिरासत कक्ष लागुऔषध ...

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved