करेन्ट लागेर धनकुटामा एक जनाको ज्यान गयो

  • असोज ९, २०७७
  • "सन्तोष रुचाल"
alt प्रतिकात्म तस्वीर :गुगल

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिर्ण भएर मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ अँधेरीका ५६ वर्षीय भक्त बहादुर दर्जीको ज्यान गएको हो । चौबिसे गाउँपालिका–२ स्थित श्रीजंगा सामुदायिक वनमा विधुत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
जंगलमा सल्लाको दियालो काट्न गएका दर्जीलाई मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारमा छुदाँ उनलाई करेन्ट लागेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट गएको प्रहरी टोलीले शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर अहिले पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

धरानबाट कालाबन्जार त ...

सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जा ...

असार १५ : धान दिवस र ...

धरान/ असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस&rsq ...

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved