कलिलै किवी बजारमा , गुणस्तरहीन हुँदा समस्या

  • असोज ७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम  / इलाममा उत्पादन भएको किवि बेलै नभई बजारमा निस्किएको हुँदा समस्या हुने भन्दै तत्काल रोक्न कुर्षिज्ञान केन्द्रले निर्देशन दिएको छ । काँचो किवि बजारमा आएको कलिलै किवि बजारमा आउँनाले गुणस्तरीय नहुने भएकाले यस्तो कार्य नगर्न र तत्काल बन्दगर्न कृर्षि ज्ञान केन्द्रले सूचना निकाली निर्देशन दिएको हो ।

कृर्षि ज्ञान केन्द्र इलामका निमित्त कार्यलय प्रमुख टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयूक्त मानिने किवी अहिलेनैै बजारमा आउन थालेको छ । यतिबेलाको किविमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्दगर्नुपर्ने बताएका छन । जिल्लामा किवी खेती फस्टाएको र प्रतिबोट करिव दुइ सय किलो सम्म उत्पादन हुने किवी कलिलैमा टिपेर वजारमा पुर्याउनाले समय भन्दा अगावै आएको किवि गुणस्तरीय नहुने भएकाले तत्काल नियन्त्रण गर्नुपर्ने बताएका हुन ।

विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ ।

यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने किवी विज्ञहरु बताउछन । इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘किवी जोन कार्यक्रम’ सञ्चालन भैरहेको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई किवी जोन क्षेत्र घोषणा गरिएको छ । इलामको किवी इलाम बजार, राँके, झापाको बिर्तामोड देखि काठमाण्डौसम्म जाने गरेको छ ।

जिल्लाका तीन हजार भन्दा बढी किसानले इलाममा किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved