कोरोना नियन्त्रणमा दुई स्थानीय तहले गरे १ करोड बढी खर्च

  • आश्विन ६, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम / इलामको सूर्योदय नगरपालिका र माईनगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैया खर्च भएको छ ।

सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार खर्च भएको छ ।

सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ लाख ८३ हजार ९ सय ९९, राहत वितरण २५ लाख २३ हजार ४ सय ३४ रुपैया र क्वारेन्टाइनमा खाना र खाजाको लागि १६ लाख ६८ हजार ७ सय २० रुपैया रहेको छ । नगरले क्वारेन्टाइनमा बस्नेहरुको लागि दैनिक ३८० रुपैयाको दरले खर्च भएको जनाएको छ ।

सूनपाले ५ स्थानमा क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाएको छ । पशुपतीनगर क्वारेन्टाइनमा ३ लाख ६४ हजार ९ सय २७ रुपैया, ५० बेडको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टाइनमा २ लाख ४६ हजार ९ सय ५, बौद्धधाम माविको क्वारेन्टाइनमा २ लाख ७ हजार २ सय ५५ रुपैया खर्च भएको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ । त्यसैगरी करफोक र कन्याम क्वारेन्टाइनमा ११ लाख ८९ हजार ७ सय ४२ रुपैया खर्च भएको छ ।

नगरपालिकाको विपद व्यवस्थापनको कोषमा रहेको १४ लाख ३४ हजार १ सय ९८ रुपैया ३६ पैसा मौजदात रहेका थियो । नगरको कोषमा ७२ लाख ७४ हजार ८ सय २९ रुपैया सहयोग प्राप्त भएको छ । नगरपालिकाको कोभिट कोषमा ८७ लाख ९ हजार २७ रुपैया जम्मा भएकोमा कोषका लागि संघीय सरकारबाट १० लाख, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ५ लाख, आन्तरिक मामिला मन्त्रालयबाट २० लाख, जिल्ला प्रशासन कार्यालयबाट ७ लाख र नगरपालिकाको १० लाख, पदाधिकारीहरुबाट ७ लाख ७ सय १०, युके समाजबाट २ लाख ४५ हजार ५ सय ९०, नेकपा सूर्योदय कमिटिबाट २ लाख १ हजार, वडा नं १४ बाट १ लाख ४० हजार र अन्य दाताहरुबाट १६ लाख ८७ हजार २९ रुपैया आम्दानी भएको आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापागाईले बताए ।

उता माई नगरपालिकामा क्वारेन्टाइनमा बस्ने र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई खाना र खाजा गरी ७ लाख खर्च भएको छ । बाहिरबाट आएकालाई नगरपालिकामा ल्याउन सवारी भाडाबापत ३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । प्रचार–प्रसार, मास्क वितरणमा १ लाख ५० हजार खर्चभएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । विपद् व्यवस्थापन कोषको ५० लाख र प्रदेशबाट प्राप्त १० लाख खर्च गरेको छ । समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

विपन्न नगरवासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो । नगरपालिकाले बाहिरबाट आउनेलाई राख्ने क्वारेन्टाइनमा ६५ वटा शैया खरिद गर्न १२ लाख खर्च गरेको छ । अहिले अस्थायी शैया थपेर नगरपालिकामा एक शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।

 

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved