मापदण्ड विपरित मिथानोल प्रयोग गर्ने सेनिटाइजर उद्योग कारवाहीमा

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मापदण्ड विपरीत बढी “मिथानोल स्प्रिट” हालेर सेनिटाइजर उत्पादन गर्दै आएको सुनसरीको एक उद्योग कारवाहीमा परेको छ ।

“मिथानोल स्प्रिट”ले छालामा असर गर्ने भएकाले औषधि व्यवस्था विभाग बिराटनगरले उद्योग बन्द गराउने प्रक्रिया अघि बढाएको छ । सुनसरीको नरसिङ गाउँपालिका ४मा रहेको उमानन्द यादवले सञ्चालन गर्दै आएको सिता हर्बल केमीकल उद्योगलाई कार्वहीको प्रक्रिया अगाडी बढाएको हो ।

औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार नेपाल औषधि विभागले तोकेको मापदण्ड अनुसार ७० देखि ८० प्रतिशत मिथानोल स्प्रिट हाल्नु पर्नेमा उद्योगले मापदण्ड भन्दा बढी केमीकल प्रयोग गरि सेनिटाइजर उत्पादन गर्दै आएको थियो ।

विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिबाना गर्नुका साथै उद्योग बन्द गर्ने तयारीमा विभाग रहेको विभागका प्रमुख कट्टेलले जनाएका छन् । उद्योगले उत्पादन गर्दै आएको सेनिटाइजर मोरङ र सुनसरीका विभिन्न ठाउँमा बिक्री वितरण हुदै आएको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved