वीपीका जेआरहरु द्वारा बुधबार देखि कोभिड ड्युटी पनि नगर्ने घोषणा

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीमा पनि फ्रन्टलाईनमा बसेर काम गरिरहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट चिकित्सकहरुको आन्दोलनका मागहरु प्रति व्यवस्थापनले वेवास्था गरेको भन्दै बुधबार देखि कोरोना सम्बन्धित ड्युटी समेत बहिष्कार गर्ने घोषणा गरेका छन् ।

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले मंगलबार विज्ञप्ती जारी गर्दै पदाधिकारीहरु क्वारेन्टाइन बस्नु परेको बहानामा प्रतिष्ठान प्रशासनले वार्ताको लागि कुनै चासो र तदारुकता नदेखाएको जनाएको छ । उनीहरुले भर्चुअल माध्यम भिडियो कन्फेरेन्स मार्फत जिम्मेवार पदाधिकारीबाट मागहरुको यथाशिघ्र सम्बोधन र कार्यान्यवन गर्दै काममा फर्कने वातावरण शिर्जना गर्न माग गरेका छन् । २४ घण्टा भित्र माग पुरा नभए आन्दोलनलाई थप सशक्त बनाउन बुधबार दिउँसो २ बजे देखि कोभिड सम्बन्धित सम्पुर्ण ड्युटी समेत बहिस्कार गर्ने घोषणा गरेका छन् ।

जुनियर रेसिडेन्ट चिकित्सकहरु सोमबार देखि सेवा सुविधाको माग गर्दै आन्दोलनमा रहेका छन् । कोरोना महामारीमा सुरक्षाको व्यवस्थापन, गुणस्तरिय खानाको व्यवस्था, संक्रमितहरुलाई क्वारेन्टाइनको व्यवस्थापन, सरकारको मापदण्ड अनुसारको ड्युटी समयको माग गर्दै उपकुलपति कार्यालय अघि धर्नामा बस्दै आएको छ ।
यता प्रतिष्ठानका पदाधिकारीहरु सोमबार उपकुलपतिमा कोरोना संक्रमण पुष्टि भए पछि क्वारेन्टाइनमा बसेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved