धनकुटाका पत्रकारहरुलाई सुरक्षा सामग्री प्रदान

  • भदौ ३०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ३० भदौ  / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएको यो विषय परिस्थितिमा पनि अग्रभाग (फ्रन्टलाईन) मा रहेर काम गरिरहेका धनकुटाका पत्रकारहरुलाई त्यसको जोखिमबाट बच्नको लागि सुरक्षा सामग्री निशानदेवी मिडियाले उपलब्ध गराएको छ ।

अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र धनकुटा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मुकुन्द सुवेदीको सहयोगमा निशानदेवी मिडिया प्रालिले प्रेस ज्याकेट, माक्स, फेससिल उपलब्ध गराएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका निशानदेवी मिडियाका प्रधान सम्पादक गोपाल बराईलीले १० थान प्रेस ज्याकेट, माक्स, फेससिल नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

सुरक्षा सामग्री हस्तान्तरण गर्दै केन्द्रीय सदस्य गोपाल बराईलीले वर्तमान अवस्थामा अग्रमोर्चामा जोखिम मोलेर समाचार संकलनका लागि खटिनु पर्ने सञ्चारकर्मीहरुलाई आवश्यक पर्ने ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए । उनले अमेरिकामा रहेका मित्रहरुको सहयोगमा देशका विभिन्न जिल्लाहरुमा यस्ता सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको पनि जानकारी दिए । कार्यक्रमको अवसरमा दुर्घटनामा परी घाइते भएका पत्रकार हरिबहादुर लम्जेल र विरामी रहेका पत्रकार अजयसन्तोषी राईलाई नेपाल पत्रकार महासंघ केन्द्रबाट प्राप्त सहयोग वापतको चेक पनि केन्द्रीय सदस्य बराईलीले शाखा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य सन्तोष रुचाल, प्रेस संगठन धनकुटाका सहसंयोजक इश्वर थापा, प्रेस युनियनका सचिव विकास घिमिरे, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले वर्तमान अवस्थामा धनकुटाका सञ्चारकर्मीहरुलाई पहिचान दिने ज्याकेट र स्वास्थ्य सामग्री उपलब्ध गराई दिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
patrakar mahanasg

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved