धरान भदौं २४/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् ।
कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् ।
लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँै व्यवसायीहरुले केही राहत महशुष गरेको बताएका छन् ।
धरानमा हाल ३ सय भन्दा बढी मासु व्यवसायीहरु रहेका छन् । धरान देशकै सबै भन्दा बढी मासु खपतहुने स्थानिय तह हो भने शहर का हिसाबले काठमाडैं, पोखरा पछि तेस्रो नम्बरमा धरान आउदछ । यहाँ दैनिक १२ हजार ६ सय केजी मासु खपत हुने गरेको छ ।
मासु व्यवसायी सघं धरानका अध्यक्ष मदन तामाङका अनुसार अहिले पनि ६० प्रतिशत मात्रै मासु व्यवसाय सञ्चालनमा रहेको छ । उनका अनुसार धरानमा विगतको तुलनामा मासुको खपत ५ हजार केजी भन्दा बढीले घटेको छ भने २ सय को हाराहारीमा मात्रै व्यवसायहरु सञ्चानलनमा रहेका छन् ।
यो तथ्याङकलाई आधार मान्ने हो भने दैनिक ५ हजार केजी मासु कम खपत हुदाँ अहिलेको सुंगुरको मासुको बजार भाउ ३ सय ५० ले हिसाव गर्दा दैनिक १७ लाख ५० हजारले कमि हुन आउँछ ।
अध्यक्ष तामाङले भने “ संघीय सरकारले जारी गरेको लकडाउनको समयमा शत प्रतिशत व्यवसाय ठप्प थिए , अहिले प्रशासनले विहानको समय दिएपछि ६० प्रतिशत व्यवसाय सञ्चालनमा रहेका छन् लकडाउनले यस क्षेत्रमा ठुलो असर पारेको छ । ”
लकडाउनका कारण यतायात सञ्चालन नहुँदा नेपाली बजारमा चर्चित रहेको धराने कालो बंगुर, खसी, बोका को निर्यात पनि ठप्प हुदाँ व्यवसायमा ठुलो घाटा भएको स्थानिय व्यवसायीहरु बताउँछन् । धराने कालो बंगुर नेपालका विभिन्न ठाँउमा चर्चित रहेका छन् ।