महेन्द्रमा अनलाईन कक्षाको शुल्क लिने सुचना प्रति अनेरास्ववियुको आपत्ति

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अनलाईन कक्षाको शुल्क लिने महेन्द्र बहुमुखी क्याम्पसको सुचना प्रति अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनलाईन कक्षा संचालन गर्ने विषयमा शुक्रबार विद्यार्थी संगठनहरु सँग छलफल गरेको थियो । तर छलफलमा शुल्कको विषयमा कुनै निर्णय नभए पनि क्याम्पसले शुल्क सहितको सुचना सार्वजनिक गरे पछि अखिलले आपत्ति जनाएको हो ।

साविक अखिलका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्वारा संयुक्त जारी विज्ञप्तीमा सुचना तत्काल सच्याउन माग गरिएको छ । क्याम्पसले भदौ २८ गते देखि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ ,।

कोरोना जोखिम न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरुलाई शुल्न नलिई कक्षा सञ्चालन गर्न पनि संगठनले माग गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बिषयमा छलफल भएर निर्णय भए पनि शुल्क लिनेबारे कुनै निर्णय नभएको अखिलका अध्यक्ष सुजन खत्रीले बताए ।

क्याम्पस प्रशासनले सुचना जारी गर्दै अनलाइन कक्षा सञ्चालन गर्ने र सम्बन्धित सेमेष्टरका विद्यार्थीहरुले तोकिएको सेमेष्टर शुल्कको हाललाई आधा शुल्क नेपाल बैंक लि.मार्फत जम्मा गरी भर्ना हुन भनिएको छ भने बाँकी आधा शुल्क भने परीक्षा फारम भर्दा बुझाउन भनेको छ ।

क्याम्पस अनुसार एमबिएस तेस्रो, एमए तेस्रो, एमएड तेस्रो, बिबिए दोस्रो, चौथो, छैटौं र आठौं, बिबिएमको दोस्रो र चौथो सेमेष्टरको अनलाइन कक्षा भदौ २८ गतेदेखि शुरु गर्ने जनाएको छ । यस्तै, बि.ए., बिबिएस र बिएडका विद्यार्थीहरुको अनलाइन कक्षा सञ्चालन गर्न ट्रेसिङ गरेर इन्टरनेट पहुँच भए नभएको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको थियो ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved