धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  कोभिड महामारीका बिच धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ ।

आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल सन्तोष पाडेलले बताए । कोरोनाको संक्रमण न्युनिकरणका लागी सामाजिक दुरी कायाम गरी एउटा बेन्चमा एक विधार्थी मात्र राखेर परीक्षा लिएको उनले बताए ।

कोरोना संक्रमणको चुनातीलाई मध्यनजर गर्दै स्वास्थ मापदण्ड पुर्याएर परीक्षा गराइएको अध्यक्ष लेखी सुब्बाले बताए । धरान आदर्शमा आएका जोकोहीलाई प्रवेश गर्नुभन्दा अगाडी साबुन पानीले हात धोएर विधालयको डिसइन्फेक्टेन्ट टनलबाट स्यानिटाइज गरीने र थर्मल गनबाट ज्वरो मापन गरी कोरोनाको कुनै लक्षण नभएमा मात्र प्रवेश गराइने गरेका छा । अध्यक्ष सुब्बाले भने, प्रवेश गर्दा स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मास्क अनिवार्य प्रयोग गरेको हुनुपर्ने मापदण्ड समेत लागु गरेका छा । हाम्रा स्टाफहरूले भने पञ्जा र मास्क सहित सामाजिक दुरी कायाम गरी सेवा दिने गरेका छन । आगन्तुकमा कोरोनाको लक्षण भेटिएमा मेडिकल डेक्सबाट सेवा दिइने र स्थानिय निकायसंग सहकार्य गरी स्वास्थ सेवाको लागी सहजिकरण गरीने उनले बताए ।

लकडाउन पछीको पहिलो प्रवेश परीक्षामा उल्लेख्य मात्रमा अभिभावक र विधार्थीको सहभागीता रहेको एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द श्रेष्ठले बताए । विगत ८ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आदर्श धरानमा नै सबै भन्दा धेरै संकाय संचालन गर्ने निजी विधालय हो । उनले भने, धरानमा धेरै विधार्थीको संख्या भएको र हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्ने एकमात्र धरान आदर्श रहेको छ ।

धरान आदर्शमा शिक्षा संगसंगै अतिरिक्त कृयाकलापहरूमा समेत विधार्थीहरूलाई सहभागी गराइन्छ । आगामी दिनहरूमा यहाँ आधुनिक शिक्षा सम्बन्धि विशेष कार्यक्रमहरू संचालन गरीने एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताए ।

DSC_0237 (1) DSC_0286 DSC_0301

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved