बन्दाबन्दीमा पनि उराँव समुदायले मनाए करम पुजा

  • भदौ १७, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । उराँवहरुको महत्वपुर्ण पर्व निज्ज करम बन्दाबन्दीको बिचमा पनि निज्ज करम मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी सहित नेपालभरि एउटै दिनमा मनाएका छन् ।
इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर करम पुजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ ।

यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन अनुसार करम पुजा गरेको स्थानीय दुर्गा नारायण उराँवले जानकारी दिए । उराँव भाषामा नेंग भन्ने कुरा गोत्रबाट थाहा पाउने कुरा हो– जो सँग नेंग हुन्छ उसले मात्र करम गाड्न पाउँछ । नेंग हुनेले वर्षमा करम गाड्नु पर्छ । उनीहरुको मुख्य देवताका रुपमा करम हुन्छ । उनीहरुले करम नगाडे पनि घरमा करमको नाममा पूजा–पाठ गर्नुपर्छ सोही अनुसार करम मनाएको हो ।

करम गाड्नाले परिवारमा श्रीसम्पत्ति आउने, परिवार सुख–शान्तिमा हुने र परिवारमा अकाल मृत्यु नहुने जनविश्वास रहेको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए । उनका अनुसार बन्दाबन्दीको बीच प्रकृति पुजक उराँवहरुले आफ्नो महान पर्व मनाएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराव समुदायले आफ्नो महान चाड करम पूजाको अवसरमा पुजापाठ सहित जमरा लगाएर शुभकामना साटासाट समेत गरेका छन् । प्रत्येक वर्षको भाद्र पूर्णिमामा मनाइने करम पूजाको सुभारम्भ भदौ १० गतेबाट गरिएको र बुधबार पुजा गरेर वीहिबार सम्पन्न गरिने प्रतिष्ठानका रामलाल उराँवले बताए ।

यस वर्षको कोरोना कहर भएकोले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राखेर भाद्र पूर्णिमाका दिन साँझ विधी पुर्वक पूजा शुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि भएपनि कोराना काल चलेकाले औपचारिक तथा अन्य ठूला कार्यक्रम नगरी पुजा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षा बीधि अप्नाएर उराँव समुदायले मनाउने करम पूजा गरेको जनाएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातिको करम पूजा प्रारम्भ हुन्छ । भाद्र पूर्णिमामा विधि पूर्वक मनाइने यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका जयकुमार उराँवले जानकारी दिए ।

उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हागाँ वा रुखमा करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका थिए । दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताए ।
पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । करम पूजामा उराँव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराँव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको स्थानीय रामलाल उराँवको भनाई छ ।

पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् । पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको उराँवले बताए । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उनको भनाई छ ।

यो पूजामा बलिदिने चलन भने छैन हजारौ वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले ठूलो कार्यक्रम नगर्ने भएको छ ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved