वैदेशिक रोजगारीमा जाने व्याक्तिका नामको रकम ठेगाना नमिले पछि तीन वर्षदेखि सरकारी खातामै

  • भदौ १३, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम / देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलकोे गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । विदेशमा जीवनभर कमाई गरेका त्यस्ता व्यक्तिको परिश्रमको फल, विदेशीदा गरेको विमाको रकम या छुट भएको रकम स्वयम या उनीहरुका आफन्तले भेट्दैनन् । परराष्ट्र मन्त्रालयको पहलमा रकम त आउँछ तर ठेगानानै पत्ता लाग्दैन ।

इलामको जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलाम पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनको लागि ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासंग मिल्ने कुनै ठाउँ नै छैन ।

तीन वर्ष अघि आएको रकम सरकारी खातामानै थन्किएको छ । ठेगाना यकिन नभएपछि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालय ठेगाना यकिन गर्नका लागि पत्रचार गरेको छ । परराष्ट्रको जवाफ नआएपछि तीन वर्षसम्म रकम पाउनको यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखा शाखा प्रमुख महेन्द्र चौहानले जानकारी दिए । रकमको दावी गर्नपनि कार्यालयमा कोही पनि आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका अपाङ्गता भएका, कम्पनी विच्छेदका कारण कामविहीन भएका १५ जनाको विमा, तलव र क्षतिपुर्ति सहितको रकम भुक्तानी गर्ने अख्तियारी सहितको पत्र आएको छ । ति मध्ये केही कार्यालयको सम्पर्कमा छन् र आएको रकम भुक्तानी लिने प्रक्रियामा छन् । कार्यालयमा रकम आएका कतिपयको भने पहिचाननै हुन सकेको छैन ।

व्यक्तिको पहिचान नुहँदा र ठेगानासमेत फरक परेका कारणले वैदेशीक रोजगारीमा गएकाहरुका लागी कार्यालयमा प्राप्त भएको रकम भुक्तानी गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयका इलामले जनाएको छ । ‘अनेक उपायबाट थाहा लागेका व्यक्तिको रकम भुक्तानी दिएका छौ’, उनी भन्छन्, ‘कतिको उल्लेख भएको ठेगानाको विवरणनै मिल्दैन, ठाउ थरनै नमिलेपछि भुक्तानी हुँन सकेको छैन ।’

रकम लिनको लागि आवश्यक कागजात पुरा गरेर आएकाहरुले भुक्तानी लिने गरेका छन् । जिल्लामा सञ्चालिन सुरक्षित आप्रवासन परियोजनाले कार्यालयमा रकम आएकाहरुको पहिचान गर्न सघाउने गरेका छन् । परियोजनाको सहयोगले त्यस्तो रकम लिनेहरुको संख्या बढ्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएका वखत मृत्यु भएकाहरुको बिमा र उसले पाउने रकम प्रशासन कार्यालयमा आएको हुन्छ । कतिले सम्झौता अनुसार तलव नदिएका कम्पनीका विरुद्ध मुद्धा गरेर भएपनि रकम पाउँछन् । सम्झौता अनुसार भुक्तानी नभएको छुट रकम प्रशासन कार्यालयमा भुक्तानीको लागि अख्तियारी आउने गरेको भएपछि धेरैले यस्तो रकमबारे जानकारी समेत नपाउँदा सुविधाबाट बञ्चित हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा अहिले ८७ लाख ५० हजार रुपैयाँ भुक्तानीको लागि प्राप्त भएको छ । त्यो मध्ये केही मात्रै रकम भुक्तानी लिने प्रक्रियामा छन् । रकम पाउने ब्यक्ति स्वयम भए पासपोर्ट र नागरिकता र वडाको सिफारीस सहितको निवेदन दिनुपर्छ । हकदार भए हक कायम गर्ने नाता प्रमाणपत्र, वैदेशीक रोजगारीको गएका व्यक्तिको मृत्युको दर्ता प्रमाण पत्र लिएर दिवेदन दिनुपर्छ ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved