निजी लगानीमा बंगुर बधशाला निर्माण, असोज १ गते देखि संचालन गर्ने तयारी

  • भदौ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् ।

बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् ।

प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र जेन्टल लावतीले बधशाला निर्माणमा लगानी गरेका छन् ।

कुल २ करोड रुपैयाको लगानीमा निर्माण हुँदै गरेको बधशालाको लागि ६० लाख रुपैया खर्च भइसकेको संयोजक तामाङले बताए । बधशालाको लागि प्रधानमन्त्री कृषि परियोजना अन्र्तगतको बंगुर जोनले १५ लाख रुपैया थप सहयोग गरेको छ । उनका अनुसार बधशाला निर्माणको काम ९० प्रतिशत सकिएको र अब १० प्रतिशत बाँकी रहेको छ । असोज १ गते देखि बधशाला पुर्ण रुपमा संचालन हुने उनले बताए ।

उनले भने, ‘बधशाला सहितको कृषि फर्मको रुपमा विकाश गर्ने योजनाका साथ अघि बढेका छौं, नेपालकै पहिलो आधुनिक बधशालाको रुपमा निर्माणमा छौं ।’

धरानमा उत्पादन हुने बंगुरको मासुलाई अन्य क्षेत्रमा पनि परिचित गराउँदै स्वस्थ्य र स्वच्छ बंगुरको मासु बिक्रि वितरणमा महत्वपुर्ण भुमिका रहने उनले बताए । दैनिक बिहानको समयमा ५० वटा सम्म बंगुर प्रशोधन गर्ने क्षमता बधशालामा रहेको छ । उनले भने, ‘बजारको मागले क्षमता निर्धारण गर्छ, जसरी बजारमा खपत बढ्दै जान्छ, क्षमता पनि बढाउदै जाने छौं ।’ राज्यले तोकेको मापदण्ड अनुसार बधशाला संचालन हुने उनको भनाई छ ।

जथाभावि बंगुरको बध गर्दा उपभोक्ताहरुले स्वास्थ्य मासु खान नपाइरहेको अवश्थालाई मध्यनजर गर्दै स्वस्थ्य मासु प्रशोधनका लागि बधशाला निर्माण गरिएको अर्का संचालक सुमन चेम्जोङले बताए । धराने कालो बंगुरलाई प्रमोशन गर्दै शुद्ध बंगुरको मासु प्रशोधन गरेर अन्तराष्ट्रिय स्तरमा मासु निर्यात गर्ने तयारीमा रहेको उनले बताए । बंगुरको मासुलाई प्याकेजिङ गरेर बिक्रि गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved