धरान/ समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले गत साउन २२ गते जारी लकडाउनलाई पुन निरन्तरता दिएको छ ।
आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपलिकाको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले लकडाउनलाई भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो भने अब २ घण्टा समय थप गरि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय आज बसेको बैठकले गरेको छ ।