डायलासिस गरेका व्यक्तिमा कोरोना देखिए पछि, संक्रमितको सम्पर्कमा रहेका स्टाफ नर्सहरु चिन्तित ( भिडियो सहित) सिनियरको लापरवाहीले डायलासिसमा कारोना

  • भदौ ९, २०७७
  • दिनेश गजमेर
alt

धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् ।

कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको छ ।

कोरोना जोखिमको अवश्थामा त्रसित मनले काम गर्ने मनस्थितीनै नरहेको उनीहरु बताउँछन् । घर परिवार सँग पनि डराउँदै बस्नु परेको अवश्था रहेको स्टाफ नर्स संगिता चौधरी बताउँछिन् ।

इमरजेन्सी कक्षमा आएका बिरामीको हिस्ट्रीको बारेमा जानकारी हुँदा हुँदै पनि डायलासिस गर्न निर्देशन दिएकै कारण अहिले डायलासिसमा काम गर्ने १५ जना एक्सपोज भएको उनले बताइन् । उनले भनिन्, बिरामीलाई फिवर छ भन्ने थाहाँ हुँदा हुँदै पनि पिसिआर जाँच नै नगरि सिनियरले डायलासिस गर्नु भने पछि हामीले डायलासिस गर्यौ अहिले समस्या आएको छ ।

बिरामीलाई सिम्टन देखिदा पनि पिसिआर भएन् । इमरजेन्सीबाटै व्यवस्थापन गर्न सकेको भए यो समस्या नआउने उनले बताइन् । डायलासिसमा अवश्थाको बारेमा विभागिय प्रमुख देखि मेट्रोन सम्मलाई जानकारी गराईसकेका छन् । तर सबैले एकले अर्कोलाई देखाउँदै पन्छिएको उनले बताईन् ।

उनले भनिन्, ‘मेट्रोन भनेको हाम्रो गार्जेन हो, उहाँलाई समस्या सुनाउँदा यस्तो बोल्नु भयो कि भन्न पनि गाह्रो लाग्छ, तिमीहरुको बच्चा बुच्ची बुढालाई घर पठाइदेउ, तिमीहरु मात्रै आफ्नो क्वाटरमा आइसोलेटेड भएर बस, हामी कसरी बस्ने, सिनियरहरुको जस्तौ क्वाटरको व्यवस्था हाम्रो छैन् । १२÷१५ महिनाको बच्चा छ, त्यो बच्चा आउँछ, उनीहरुलाई टाढा राखेर हामी कसरी बस्न सक्छौं, कसरी एउटा कोठामा थुनिएर बस्न सक्छौं, उहाँले यस्तो बोल्न सुहाउँ छ ?’ डायलासिसका सबै स्टाफहरु कोरोनाको संक्रमणको जोखिममा रहेकाले अन्य बिरामीलाई सेवा दिन नसकिने उनले बताईन् ।

बिरामी सँगको पहिलो सम्पर्कमा रहने स्टाफ नर्सहरु अहिले मानसिक तनावमा रहेका छन् । उनीहरुको अहिले सम्म पिसिआर टेस्ट पनि गरिएको छैन् । उनीहरु आफै संक्रमणमा परेका छन् की वा उनीहरुका परिवारमा संक्रमण फैलिई सकेको छ भन्नेमा उनीहरु चिन्तित रहेका छन् । ड्युटीमा काम गरिरहेका स्टाफहरु मानसिक र शारिरिक तनावमा रहेको मेडिसिन विभागकी स्टाफ नर्स जुनुकला राई बताउँछिन् ।

कोरोनाकै समयमा पनि ४ महिना देखि निरन्तर ड्युटीमै रहँदा पनि अहिले सम्म पिसिआर परिक्षण नगराएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘डाइलासिसमा आएर बसिरहेको छौं, अहिले पनि के गर्ने कहा जाने, बस्ने के खाने व्यवस्था केहि पनि छैन ।’ कुनै बेला इमरजेन्सीबाट डायलासिस गर्न आउने बिरामीको टुङ्गो हुँदैन जुनसुकै बेला पनि आउन सक्छन् । त्यस्तो समयमा पनि १० बजे देखि घर जानका लागि कुनै व्यवस्था पनि नगरिदिएको उनले बताईन् ।

उनले भनिन्, ‘हामिले कुरा राख्दा खेरी तपाई घर नजानु, तपाइहरु सिंगल भएर बस्नु भन्ने गरेको छ, तर त्यो मात्रै समस्याको समाधान होइन नि कति जनाको बच्चाहरु छ । हिजो अस्तिको बहिनिहरु झनै डेढ बर्ष भइसक्यो वहाहरुका रुम नै पाको छैन । हाम्रो समस्या प्रशासनले बुझदे हुन्थ्यो ।’

प्रतिष्ठानले व्यवस्थित गरिदिए स्टाफ पनि सुरक्षित हुने र बिरामीहरु पनि सुरक्षित हुने उनले बताईन् । उनले भनिन्, यतिकै हामि माक्सको भरमा काम गर्छौ, हामि सेफ छैन, हामीले हेर्नुपर्ने केशहरु १७ देखि २१ जना सम्म हुन्छ, उहाहरुलाई हामि टच गर्छौ टच गरिसकेपछि सर्ने सम्भावना हुन्छ, नि त यस्ता समस्याहरु कहिले सम्म भोग्ने ।’

अहिले डायलासिस सेवा रोक्नुको कारण पनि कोरोना सक्रमण देखिएका व्यक्तिको डायलासिस गरिएकाले रहेको नर्स अनिता राजवंशीको भनाई छ । अहिले पुरै कोठानै संक्रमण भएकाले रोक्नु परेको उनले बताईन् । उनले भनिन्, पालोमा आउनु भएकाहरुलाई डायलासिस गरिए उहाँहरुमा पनि सर्ने खतरा भएकाले रोकेको हौं, सफाई गरिसके पछि खोल्छौं ।’

 

दोस्रो गोर्खा ट्रेल ...

धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धर ...

फागुन महिनाको सर्वोत ...

बिराटनगर/ इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीम ...

विगत ३ वर्षदेखि निरन ...

धरान/ परिवर्तनका लागि सामाजिक अभियानले विगत ३ वर्ष ...

इलाम २ मा एमालेबाट स ...

विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved