लापर्वाही नगरौँ

  • श्रावण ३२, २०७७
  • सम्पादकीय
alt

सङ्घीय सरकारले बन्दाबन्दीअन्त्य गरे पनि कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपछि विभिन्न स्थानीयतहले बन्दाबन्दी घोषणा गरेका छन् । स्थानीयतहहरूको बन्दाबन्दीकाकारण मानिस र सवारी साधनहरूको आवागमनमा कडाइ गरिएको छ र कोरोना सङ्क्रमणको नियन्त्रणको प्रयासमा सबै क्षेत्र लागिपरेका छन्तरसिमानामा रहेकाभन्सार कार्यालयहरूले भारतीयमालवाहक ट्रकहरूलाई निर्वाध रूपमा नेपालप्रवेश गर्न छुट दिएकोसमाचार आएको छ ।मोरङ र सुनसरीकाअधिकांशनगरपालिकाहरूमाबन्दाबन्दीको घोषणा गरिएपनिभारतीयमालवाहक ट्रकहरू भन्सार कार्यालयको प्रवेश पास लिएर आउने क्रम बढ्दै गएको छ । गतशुक्रबार राति धरानको प्रवेशद्वार तीनकुनेमाप्रहरीले दुई ट्रक आलु नियन्त्रणमा लिएपछि यो विषयबाहिर आएको हो ।

यो गम्भीर विषयहो । नेपालमाकोरोनाभाइरसको सङ्क्रमण देश बाहिरबाट नै भित्रिएको हो । अझखुल्लासिमानाभएको छिमेकीदेश भएको कारण नेपालमाअधिकांश सङ्क्रमितहरू भारतबाट नैआउने गरेको देखिन्छ । नेपाल–भारत सीमानाकामा कडाइ नगर्दा मानिसहरू जथाभावीप्रवेश गरिरहेका छन् । तिनकै माध्यमबाट यहाँकोरोना सङ्क्रमण पैmलिएको देखिन्छ । अन्य देशबाट कोरोना सङ्क्रमितले प्रवेश नगरेको भन्ने होइन तर अन्य देशबाट आउनेहरू हवाई मार्गबाट आउने हुनाले तिनलाई व्यवस्थितगर्न केही सहजहुने देखिन्छ ।

विदेशबाट आउनेहरूको हकमा सीमानाकामै स्वास्थ्यजाँच गरेर सुरक्षा सतर्कताअपनाउने हो भने धेरै हदसम्मकोरोना सङ्क्रमणको नियन्त्रणमा सफलताहातलाग्ने देखिन्छ तर यसतर्पm सरकार र सरकारकानिकायहरू गम्भीर र संवेदनशीलभएको देखिँदैन । यसै कारणले देशकाविभिन्न क्षेत्र कोरोना सङ्क्रमणको ‘हट स्पट’ बन्दै गएको देखिन्छ । भारतीयमालवाहक ट्रकमा आउनेहरूमाकोरोना सङ्क्रमणको जाँचनगरी उनीहरूलाई निर्वाध रूपमाप्रवेश गर्न दिँदा सङ्क्रमणको जोखिम बढ्ने सम्भावनालाई उपेक्ष ागर्न सकिँदैन । यस्तै उपेक्षा र असंवेदनशीलक्रियाकलापकाकारण जोखिम बढ्दै गएको हो ।
पछिल्ला दिनहरूमा सङ्क्रमणको गति र कोरोना सङ्क्रमितको मृत्युको गतिपनि बढ्दै गएको छ । यस कारण यस विषयमा सबै पक्षगम्भीर हुनु अपेक्षित छ । सरकारकानिकायहरूका साथै नागरिक तहको सतर्कताबाट मात्र यो महामारीसँगजुध्न सकिन्छ । अन्यथायसले भयावह रूप लिएमायसको सामनागर्ने स्रोत–साधनहाम्रो देशमाउपलब्ध छैन । यो सत्य हामीले जति छिटो बुभ्mयौँ, त्यति नै फलदायीहुने निश्चित छ । त्यस्ताभारतीयमालवाहक ट्रकहरूलाई प्रवेश गर्न दिनुअघि सम्बन्धितस्थानीयप्रशासनसँगभन्सारले समन्वयगर्नुपर्ने देखिन्छ । पहाडी क्षेत्रबाटपनि रातको समयमातरकारी ल्याउने गरिएको बताइएको छ । यस विषयमा संवेदनशील हुनुपर्छ । आवश्यक स्वास्थ्य परीक्षण र अन्य सतर्कताअपनाएर मात्रआउनदिने व्यवस्थामिलाउनु आवश्यक देखिन्छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved