बिपि प्रतिष्ठानको ४४ औ सिनेट बैठकले गर्यो महत्वाकांक्षी निर्णय " निर्णय प्रती सदस्यहरु कै असन्तुष्टी"

  • साउन ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । धरान स्थित बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको ४४ औ सिनेट बैठकले प्रतिष्ठानको स्तरोन्न्ती र बिकाश गर्न महत्वाकांक्षी प्रस्ताबहरु पारित गरेको छ । शुक्रबार काठमान्डौमा प्रतिष्ठानका सहकुलपती तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माण लगायतको विषयमा निर्णय गरेको छ । प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास गर्दै विश्वविद्यालय रुपमा थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल पनि बनाइएको छ। उपकुलपतिको संयोजकत्वमा छुट्टै कार्यदल बनाइएको हाे ।

बिश्वबिद्यालय बनाउने प्रस्ताब पुरानै भए पनि यो पटकको सिनेटले कार्यदल मात्रै बनाएको छ । कार्यदलमा प्राडा उपेन्द्र कोइरला, प्राडा मोहनचन्द्र रेग्मी, प्राडा मधुर भट्टराई, प्राडा बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीलाई जिम्मेवारी दिइएको छ । अन्य तीन जना सदस्य थप्ने गरि कार्यदल बनाइएको हो । यस्तै बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समिती गठन गरेको छ । आर्थिक बर्ष २०७७/२०७८ का लागि २ अर्व ९८ करोड ६७ लाखको बजेटसमेत पेस भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको जग्ग्गालाई उपभोग गर्न सार्वजनिक साझेदारी नीति बनाएर उपभोग गर्नका लागि छुट्टै कार्यदल बनाउनका लागि कार्यकारिणी समितिलाई जिम्मेवारी दिएको छ । सेवा विस्तारका लागि अधययन कार्यदलसमेत बनाएको छ । प्रतिष्ठानको धरान, मोरङ र काठमाडौमा जग्गा रहेको छ ।

बैठकले प्रतिष्ठानहाता भित्र ट्रमा सेन्टर र मानवअंग प्रत्यारोपणको अस्पताल निर्माण गर्ने समेत निर्णय गरेको छ । बिपि प्रतिष्ठानको सिनेट निर्णय प्रती असन्तुष्टि प्रतिष्ठानको ४४ औ सिनेट बैठकको निर्णय प्रती सिनेट सदस्यहरुले नै असन्तुष्टी जनाएका छन। प्रतिष्ठानको बर्तमान समस्या समाधान तथा सुधार का बिषयमा कुनै छलफल नभएको गुनासो गरेका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरिले आफ्नै मनोमानी ढंगले सिनेट बैठकमा प्रस्ताब लगेको पनि उनिहरुले जनाएका छन् ।

एक सिनेट सदस्यले भने, `प्रतिष्ठानको सेवा सुधारका लागि साना साना समस्याहरु समाधान र सुधार गर्नु पर्ने छ, ती बिषयहरुमा सिनेटको ध्यान छैन, उपकुलपतिले आफ्नै डिजाइनका महत्वाकांक्षी योजनाहरु अघि सरेका छन् , त्यस्ले प्रतिष्ठानको बर्तमान समस्या समाधान गर्दैन ।´ प्रतिष्ठानमा एमसिएच भवन, कार्डियोलोजी,अन्कुलोजी भवनको समस्या यथावत छ । बिरामिले आइसियु सेवा पाउन नसकेर बिरामी रेफर गर्नु पर्ने अवस्था रहेको छ । डायलोसिस सेवाका लागि लामो समय पालो पर्खनु पर्ने अवस्था छ । तर उपकुलपतिको यस बिषय प्रति कुनै चासो नरहेको प्रतिष्ठानका चिकित्सक बताउँछन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved