जन स्वास्थ्य प्रति गम्भीर बन

  • साउन ३०, २०७७
  • "सम्पादकीय"
alt

इटहरीको खनारमा सञ्चालित एक उद्योगमा शुक्रबार स्थानीय र प्रहरीबीच सामान्य झडप भएको समाचार आएको छ । स्थानीयले उद्योग घेराउ गरी नाराबाजी गर्दा झडप भएको बताइएको छ । उद्योगको प्रदूषणले स्थानीयमा नकारात्मक असर पु¥याएको भन्दै उनीहरूले अरिहन्त अटो कोर्गेसन घेराउ गरेकाथिए । उनीहरूले यो विरोध पहिलो पटक गरेका होइनन् । उद्योगबाट निस्किएको प्रदूषणका कारण वर्षौंदेखि पीडित स्थानीयले सम्बन्धित सबै निकायहरूमा यसबारे कुरा पु¥याए । आप्mना समस्या सुनाएर समाधानका लागिगुहार पनि मागे तर कतैबाट सहयोग नपाएपछि इटहरी–१३ को खनार,ग्रामथान टोलका बासिन्दा उद्योगविरूद्ध आन्दोलित बनेका हुन् ।

उनीहरूले प्रदूषण नियन्त्रण गर्नुपर्ने अन्यथा उद्योग नै बन्दगर्नुपर्ने माग राखेका छन् । उद्योगबाट निस्किएको रसायन युक्तपानी र गन्धकाकारण आपूmहरू बिरामी हुनुका साथै चौपायालाई समेत नकारात्मक असर पर्न थालेको स्थानीयको भनाइ समाचारमा आएको छ । उद्योगको प्रदूषणबाट हैरान भएर प्रदूषण नियन्त्रण गर्न उद्योग प्रशासनलाई पटक–पटक अनुरोध गरे पनि वास्ता नगरेको वडाध्यक्ष शिवनारायण चौधरीको भनाइ पनि सार्वजनिक भएको छ ।

यो गम्भीर विषयहो । जनस्वास्थ्यसँग सम्बन्धित विषय भएको हुँदा यसलाई सामान्य रूपमा लिइनु हुँदैन । यसो गरिएमा गम्भीर भूल हुनेछ र यसको नकारात्मक परिणाम भोग्न हामी बाध्य हुने छौँ । जनस्वास्थ्यगम्भीर विषय भएको हुँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्ने काम कसैले पनि गर्नु हुँदैन । यदि त्यस्तो काम कतै गरिएको छ भने यसलाई रोकिनुपर्छ । हुन त जनस्वास्थ्यमा हानि पु¥याउने किसिमको प्रदूषण सिर्जना गर्ने उद्योगहरू मानव बस्तीबाट टाढा हुनुपर्छ ।उद्योग स्थापनागर्दा पनि विज्ञहरूबाट अध्ययन गराएर स्थानीयको स्वीकृति लिनु पनि आवश्यक हुन्छ । यो प्रक्रिया त्यहाँ पूरा गरिएको छ कि छैन ?यो आपैmँमा एउटा गम्भीर प्रश्न हो ।

उद्योगबाट निस्किएको प्रदूषणकै कारण स्थानीय बालबालिकाका शरीरमा रातो फोका, डाबर र खटिरा देखिएको विषय समाचारमा आएको छ । उद्योग प्रशासनका प्रतिनिधिले पनि उद्योगका कारण मानव स्वास्थ्य र चौपायामा असर परेको स्वीकार गरेका छन् । त्यसकारण यसको समाधान तत्काल खोज्नु आवश्यक छ । मानव जीवन भन्दा ठूलो अरू केही हुन सक्दैन । अतःयसको समाधानमा विलम्ब गर्नु घातक हुन सक्छ । स्थानीयमाथि बल प्रयोग गरेर यसको समाधान खोज्नु प्रत्युत्पादक हुन सक्छ । शान्तिपूर्ण आवाजको सुनुवाइ नभएपछि मात्र स्थानीय प्रदर्शनमा ओर्लन बाध्य भएको यथार्थ प्रशासनले समयमै बुभ्mनु श्रेयष्कर हुनेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved