धरान । शुक्रबार कोरोना पोजिटिभ देखिएका ब्यक्ती धरान स्थित प्राइम बैंकका कर्मचारी रहेको खुलेको छ । इटहरी ८ घर भएका उनले केही दिन अघि धरान उपमहानगरपालिकाले गरेको मास परिक्षणमा स्वाब संकलन गरेको थियो । बिहान उनको मोवाइल स्वीच अफ भएकोले पहिचान हुन सकेको थिएन ।
को हुन् ? भन्ने खुलेको थिएन । ३० बर्षीय उनि स्वास्थ्य टोलीको सम्पर्कमा आइसकेका छन् । उनी धरानस्थित प्राइम बैंकको शाखाको सहायक मेनेजर भएको खुलेको छ । उनी बैंकमा इटहरीबाट नै आउजाउ गर्ने गरेको भन्ने जानकारी दिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार इटहरीको स्वास्थ्यको टिमले फलो गरिरहेकोछ, उतैबाट आइसोलेसनमा लगिने उनले बताए ।