इटहरी । इटहरीमा काेराेना संक्रमितको संख्या थपिदै गएको छ । इटहरीमा शुक्रबार एकमा संक्रमण पुस्टी भएकाे छ । इटहरी १९ का ४५ वर्षीय पुरूषमा संक्रमण पुस्टी भएकाे हाे । गत २५ गते स्वाव संकलन गरिएको थियो । शुक्रबार बिहान आएको रिपाेर्टमा एकजनामा काेराेना संक्रमण पुस्टी गरेकाे इटहरी अस्पतालले जनाएकाे छ । याे संगै इटहरीमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या ४७ पुगेकाे छ ।
इटहरीमा पछिल्लाे समय काेराेना संक्रमणहरूकाे संख्या ह्वात्तै बढदै गएकाेले लकडाउनलाइ पालना गरी घरमै बस्न र उच्च सतरकता अपनाउन इटहरी उपमहानगरले आग्रह गर्दै आएको छ । बिहीबार मात्रै इटहरीमा एकै दिन १३ जनामा काेराेना संक्रमण पुस्टी भएपछि उपमहानगरले लकडाउनलाइ कडाइका साथ पालना गराउने जनाएकाे छ।