संक्रमण रोक्न जनप्रतिनिधिको घरदैलो

  • साउन २९, २०७७
  • " हिमाल राई "
alt

निर्वाचनका क्रममा घरदैलो गरेदेखि स्थानीय जनप्रतिनिधि वडाको कामकाजमै व्यस्त देखिए । तर बिहीबार वडा कार्यालय बन्द गरी वराहक्षेत्र वडा नं. १ र २ का जनप्रतिनिधि घरदैलोमा निस्किए ।

वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमण बढेपछि स्थानीयलाई सचेतना जगाउन जनप्रतिनिधि सुरक्षा निकायसँगै खटिए ।
वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ ले वडा कार्यालयको सम्पूर्ण कामकाज आगामी ३ दिनका लागि बन्द गरेको छ । छिमेकी वडा नं. ५ मा संक्रमण देखिएपछि संक्रमण रोक्नका लागि वडा कार्यालयलसँगै बजार बन्द गर्न वडाध्यक्षद्वय आफैं आह्वान गर्दै घरदैलोमा पुगेका हुन् ।

बिहीबार दुवै वडाका वडाध्यक्ष, प्रहरी प्रशासनको टोलीले स्थानीय बयरवन, चतरा बजार र कोशीपुल क्षेत्रका पसल, व्यवसाय, सवारी साधन पूर्ण रुपले बन्द गर्न आह्वान गरे ।

वराहक्षेत्र १ स्थित कोशीपुल उदयपुर जिल्ला र सुनसरी जिल्लाको सिमाना पनि हो । सीमामा कडाइ गर्ने उद्देश्यले जनप्रतिनिधि कोशी पुलमा आफैं खटिए । त्यहाँ वडा नं. १ का वडाध्यक्ष सुरेश श्रेष्ठ संक्रमणका अवस्थामा आउजाउ नगर्न आग्रह गर्दैै थिए ।

‘बजार बन्द गर्न आह्वान गरे पनि कार्यान्वयन नगरेको पाइएपछि घरदैलोमै हिंड्नु पर्यो, ’ वराहक्षेत्र १ का वडाध्यक्ष सुरेश श्रेष्ठले भने, ‘सुनसरी र उदयपुरको सीमानाका कोशीपुलमा कडाइ गराउन आफैं उपस्थित भएर सचेतनाका रुपमा काम गरेका छौं ।’
अत्यावश्यक काम बिना स्थानीय घुम्नकै लागि ओहोर दोहोर गरेपछि स्थानीय प्रहरी प्रशासनले जताबाट आएको हो उतै फर्काइरहेका थिए ।

पर्यटकीय क्षेत्र भएकाले कोशी पुलमा आन्तरिक पर्यटनको आकर्षण बढेको छ । तर, कोरोना संक्रमणका अवस्थामा पनि सुरक्षित स्थल ठानेर आसपासका गाउँबाट मान्छेहरु घुम्नकै लागि पनि आउने गरेको स्थानीय प्रकाश राईले बताए ।

प्रहरी प्रशासनले अत्यावश्यक काम बाहेक कसैलाई पनि हिंडडुल गर्न दिंदैन तर अत्यावश्यक कामका सवारीलाई भने सहजीकरण गर्ने गरिएको सुरक्षामा खटिएका प्रहरीको भनाइ छ ।

वराहक्षेत्र नगरपालिकामा हालसम्म ११ जनामा कोरोना संक्रमण देखिएको छ । नगर भित्रकै तर नगर बाहिर परीक्षण गरेका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वराहक्षेत्र नगरपालिकाले कार्यपालिकाको कार्यालय बन्द नगरे पनि वडा नं. १ र २ ले वडा कार्यालय बन्द गरेका छन् भने संक्रमण देखिएका ६, ७, ८ सिल गरिएको छ । वडा नं. ५ सहित अन्य वडा पनि सिल भएको अवस्था छ ।

नगरपालिकाले स्थानीयलाई सचेत गराउन माइकिङ गर्ने काम पनि गर्दै आएको छ ।

 

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved