कोरोना संक्रमितको आत्मबिश्वास बढ्दै, सतर्कता अपनाउन सुझाब

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना संक्रमण देखिएपनी लक्षण नदेखिएका स्थानियको दैनिकीनै परिवर्तन भएको छ । कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका ले घरमै गुप्तबास बसेका छन् । संक्रमण पुस्टि भए पनि लक्षण नदेखिए कुनै खतरा नहुने थाहा पाए पछि संक्रमण भए पनि चिन्तामुक्त छन् । इटहरी ४ का एक संक्रमीत भन्छन् , `दिनमा एक पटक इटहरी अस्पतालका चिकित्सक संग भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धित परामर्ष लिने गरेको छु, अहिले आफु कोरोना संक्रमित छु जस्तो लागेको छैन ।

संक्रमण देखिना साथ अस्पताल जाने तयारी गरेपनि घरमै सुरक्षा सतर्कता अपनाएर बसे सुरक्षित रहने जानकारी पाए घरकै एक कोठालाइ आइसोलेसन बनाएर बसेका छन । लक्षण बिनाको संक्रमण त्यति खतरा नरहेको र नियमित ब्ययामलाइ पनि निरन्तरता दिदै खानपिनमा ध्यान दिनुका साथै आत्मबल बलीयो बनाए कोरोनालाइ सजिलै जित्न सकिने उनको भनाइ छ । त्यस्तै इटहरी २० तरहराका ५४ वर्षीय एक संक्रमितले पिसिआर बाट स्वाव संकलन गरेर ल्यावमा पठाएको तिन दिन पछि कोरोना पोजेटिभ देखाएको जानकारी भएलगत्तै उनले सामाजिक सञ्जाल मार्फत आफु कोरोना संक्रमित भएको सार्वजनिक मात्रै गरेनन स्वास्थ्य अवस्था र अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी गराए ।

उनले एउटा कोठामा सिमित भएर परिवारलाइ समेत सतर्कता अपनाउन सुझाव दिदै सामाजिक दुरीको ख्याल राख्दै दैनिकि ब्यायाम ,र खानपिनलाइ ध्यान दिन थालेको बताए । अहिले स्वास्थ्यमा धेरै सुधार भइसकेको पनि उनले जनाए । इटहरीमा कोरोना संक्रमण देखिएका हरु अहिले पनि होम आइसोलेसनमा बसेका छन् । आफू पनि सुरक्षित रहदै समाजलाइ पनि सतर्कता अपनाउन उनी हरु सबैलाइ आग्रह गरेका छन् । समुदायमा फैलिएको कोरोना संक्रमणबाट इटहरी उपमहानगरभित्र हाल संक्रमितको संख्या ३० पुगिसकेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन भने १४ जनाको उपचार जारी छ । पछिल्लो समय थपिएका संक्रमित मध्ये एक महिला सहित ९ जनालाइ होम आइसोलेसनको ब्यवस्था गरी उपचार भइरहेको छ भने बाकिको धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोबिड १९ अस्पताल र बिराटनगर स्थित कोशी कोविड १९ अस्पतालमा उपचार भइरहेको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरूलाइ इटहरी अस्पतालका चिकित्सकहरूले भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धि परामर्स तथा सचेतना मुलक शिक्षा दिदै आएका छन भने संक्रमितहरू पनि स्वयम आफैमा सतर्कता अपनाएर नियमित शारिरिक ब्यायम , र खानपिनलाइ ध्यान दिदै आएका छन । सामाजिक सञ्जालमा भने जस्तो संक्रमितलाइ बाहिरि समाजले हेर्ने दृस्टिकोण नकरात्मक नरहेको संक्रमितहरूको भनाइ छ । यता लक्षण बिनै समुदायमा फैलिएको कोरोना सामान्य भएपनि हेलचेक्राइ गर्न नहुने इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए । नियमित ब्यायाम , खानपिन ,साथै सुरक्षा सतर्कता अपनाएर सुरक्षित बसे कोरोना संक्रमण फैलन नपाउने र चाडै संक्रमणबाट पनि मुक्त हुने धमलाले बताए ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved